प्रभु इन्स्योरेन्समा लगानी गर्ने शेयर होल्डरहरुले गर्व गर्नुपर्छ: अध्यक्ष लामा

६ जेष्ठ २०७८, बिहीबार १५:५९

काठमाडौं । प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामाले उक्त कम्पनीका सबै शेयर होल्डरहरुलाई कम्पनीमा लगानी गरेकोमा गर्व गर्न आग्रह गरेकी छिन् ।

आज आयोजित २५ औं साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष लामाले भनिन ‘अरु कम्पनीहरुले दिने प्रतिफल तुलना गरेर हेर्नुहोला, तपाईहरुले प्रतिफल दिएको आधारमा गर्व गर्नुपर्छ ।’

उनले बर्षैपिच्छे प्रतिफल दिने कम्पनीको सूचिमा प्रभु इन्स्योरेन्स रहेको बताउँदै साधारणसभामा भनिन्, ‘प्रभु  इन्स्योरेन्स कम्पनीले बार्षिक रुपमा लाभांश दिँदै आएको छ । अरु कम्पनीहरुले कैयौं वर्षसम्म लाभांश नदिएर अहिले एकै पटक लाभांश दिए पनि बार्षिक रुपमा नियमित प्रतिफल दिइरहने कम्पनीको रुपमा प्रभु इन्स्योरेन्स नै हो ।’ त्यसैले लगानीकर्ताहरुलाई प्रभु इन्स्योरेन्स कम्पनीमा लगानी गरेकोमा गर्व गर्न आग्रह गरेकी छिन् ।

प्रभु इन्स्योरेन्सले दावी भुक्तानीमा सबैभन्दा उत्कृष्ट कम्पनी भएको दावी गरेकी छिन् । अध्यक्ष लामाले आगामी वर्षहरुमा पनि डबल डिजिटमा प्रतिफल दिन कम्पनी प्रतिबद्ध रहेको बताउँदै सबैको सामूहिक प्रयास हुन सकेमा २० प्रतिशतसम्म प्रतिफल दिन सकिने धारणा राखेकी छिन् । साथै उनले कर्मचारी सञ्चय कोषलाई व्यवसायमा सहयोग गर्न समेत अपिल गरेकी छिन् ।

साधारणसभामा सम्बोधन गर्दै अध्यक्ष लामाले बीमा व्यवसाय पुर्ण रुपमा डिजिटलाइज गर्दै अनलाईनबाटै सबै प्रक्रिया पूरा गर्ने गरी गृहकार्य भइरहेको बताईन् ।

साधारणसभामा सिईओ संचित बज्राचार्यले कम्पनीलाई आगामी दिनमा अझै प्रतिफल दिने गरी कार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*