सुनको मूल्य तोलामा ४ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

७ जेष्ठ २०७८, शुक्रबार ११:५८

काठमाडौं । आज शुक्रबार सुन र चाँदी दुबैको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज शुक्रबार छापावाला सुन ४ सयले घटेर ९३ हजार ३ सय रुपैयाँ र तेजाबी सुन ९२ हजार ८ सय रुपैयाँमा खरिब बिक्री भइरहेको छ ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँमा झरेको छ । अघिल्लो दिन बिहीबार चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

त्यस्तै बिहिबार छापावाला सुन प्रतितोला ९३ हजार ७ सय र तेजाबी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा खरिद बिक्री भएको सुनचाँदी महासंघले जनाएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*