राष्ट्रिय बीमा संस्थानका कामु प्रशासकमा रिमाल तोकिए, मन्त्रिपरिषदले नयाँ नियुक्ती गर्ने

७ जेष्ठ २०७८, शुक्रबार १२:२५

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रमुख प्रशासक पद रिक्त भएपछि दोस्रो बरियतामा रहेका महेश रिमाल कामु तोकिएका छन् । चार वर्षअघि मन्त्रिपरिषदबाट नियुक्त भएका कवि पाठकको कार्यकाल यही जेठ ५ गतेबाट सकिएपछि उक्त पद रिक्त भएको हो ।

रिक्त प्रमुख प्रशासक पदमा संस्थानमा हाल उप महानिर्देशक रहेका महेश रिमाल निमित्त प्रमुख प्रशासक तोकिएका छन् । संस्थानको सञ्चालक समितिले हिजोबाट लागू हुने गरी रिमाललाई अर्को व्यवस्था नहुँदासम्मको लागि कामु प्रमुख प्रशासकको जिम्मेवारी तोकेको हो ।

कामु प्रशासकको जिम्मेवारी तोकिएका रिमालले आजैबाट जिम्मेवारी लिएर कार्य प्रारम्भ गरेका छन् ।

संस्थानान मन्त्रिपरिषदबाट नयाँ प्रशासक नियुक्त हुने व्यवस्था छ । राष्ट्रिय बीमा संस्थान ऐन अनुसारको कम्पनी भएकोले अर्थ मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदबाट नयाँ प्रमुख प्रशासक नियुक्त गरिदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*