सिनर्जी पावरको वित्तीय विवरण सार्वजनिक, नाफामा १३.५५ प्रतिशतले गिरावट

७ जेष्ठ २०७८, शुक्रबार १३:१३

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा कम्पनीको नाफामा १३.५५ प्रतिशतले गिरावट आएको हो ।

गत वर्ष यस कम्पनीले आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड २४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ६ करोड २६ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.५५ प्रतिशतले कमी हो ।

कम्पनीको विद्युत बिक्री आम्दानीमा समेत गिरावट आएको छ । गत वर्ष कम्पनीले विद्युत बिक्री आम्दानीबाट १६ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस वर्ष कम्पनीले १५ करोड ४ लाख रुपैयाँमा आम्दानी गरेको हो जुन गत वर्षको तुलनामा एक करोड ७५ लाख ले नै गिरावट आएको हो ।

हाल चुक्ता पुँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६ करोड ३४ लाख ८१ हजार रुपैयाँ जम्मा गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) बढेर ११ रुपैयाँ ३९ पैसा कायम भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*