प्रधानमन्त्रीद्वारा सर्वदलीय सरकार गठनको लागि आह्वान

७ जेष्ठ २०७८, शुक्रबार १३:२४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय सरकार गठनको लागि आह्वान गरेका छन् । प्रम ओलीले आज अपरान्ह बालुवाटारमा पत्रकार सम्मेलन गरेर यस्तो आह्वान गरेका हुन् ।

बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले आफूले बैकल्पिक सरकार बनाउन मार्ग प्रशस्त गरेको बताएका छन् । उनले संवैधानिक प्रक्रिया अनुसार आफूले राष्ट्रपति समक्ष विश्वासको मत लिन सक्ने अवस्था नरहेको भन्दै धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठन गर्न सिफारिस गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले जेठ १५ गते बजेट र सो भन्दा अगावै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने बाध्यता रहेकोले नयाँ बन्ने सरकारलाई सहजिकरणको लागि विश्वासको मत लिने समय नभएकोले धारा ७६ को उपधारा ५ सुरु गरिएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमा भने, ‘राष्ट्रिय सरकार बनाऔं, सहमतिको सरकार बनाऔं, सहमतिका साथ कोभिड–१९ का विरुद्धमा सहकार्य गरौं र देशलाई समृद्धितर्फ लैजाउ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*