नेपाल लाइफका पूर्व सिईओ झा सूर्या लाइफको सञ्चालकमा नियुक्त

७ जेष्ठ २०७८, शुक्रबार १४:०७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा दुई कार्यकाल बिताएर पूर्व सिईओ विवेक झा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीकोे संचालकमा नियुक्त भएका छन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको जेठ ७ गते बिहान ११ः०० बजे बसेको २९१ औ संचालक समितिको बैठकले झालाई रिक्त संचालक पदमा बाँकी कार्यकालका लागि नियुक्त गरेको हो ।

सञ्चालक झाले उक्त कम्पनीलाई जीवन बीमा सम्बन्धी सही नीतिमार्फत मार्ग निर्देश गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*