प्रभु सेलेक्ट फण्डमा आकर्षण बढ्दै, तीन दिनमा १४५% बिक्री

७ जेष्ठ २०७८, शुक्रबार १९:०९

काठमाडौं । प्रभु सेलेक्ट फण्डले निष्काशन गरेको लगानी कोषमा सर्वसाधारण लगानीकर्ताहरुको आकर्षण बढिरहेको छ । यही जेष्ठ ५ गतेबाट निष्काशन भएको प्रभु सेलेक्ट फण्डको इकाई तेश्रो दिन नै १४५% प्रतिशत बिक्री भएको छ ।

कम्पनीले माग भन्दा बढि आवेदन परिसकेकोले आगामी जेठ ९ गते आइतबार बैंकिङ समयपछि बिक्री हुने जनाएको छ । कूल एक अर्ब रुपैयाँ प्रति इकाई १० रुपैयाँ अंकित १० करोड इकाईको माग गरिएकोमा आज अपरान्ह ४ः०० बजेसम्म १४ करोड ५६ लाख २० हजार ६०० इकाईका लागि आवेदन परेको कम्पनीले जनाएको छ ।

हालसम्म ५६ हजार ३ सय १२ जना सर्वसाधारण लगानीकर्ताहरुबाट एक अर्ब ३० करोड ६२ लाख ६ हजार रकम बराबरको १३ करोड ६ लाख २० हजार ६ सय इकाई खरिदका लागि आवेदन परेको हो ।

कुल इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । यो फण्डमा लगानीकर्ताहरुले न्यूनतम १०० इकाई देखि अधिकतम एक करोड इकाईसम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*