बार्षिक साधारणसभा नगरी बित्यो संस्थानका प्रमुख प्रशासक पाठकको तीन वर्षे कार्यकाल

७ जेष्ठ २०७८, शुक्रबार १९:५७

काठमाडौं । राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रसासक कवि पाठक हिजोबाट तीन वर्षे कार्यकाल सकेर घर गएका छन् । नेपाल सरकारको पूर्ण स्वामित्व भएको संस्थानमा मन्त्रिपरिषदबाट प्रमुख प्रसासक पदमा नियुक्त पाठकले आफ्नो कार्यकालमा कुनै पनि साधारणसभा नगरी चार वर्ष बिताएर घर गएका छन् ।

२०७५ साल जेठ ५ गते बसेको मन्त्रिपरिषदको बैठकलाई पाठकलाई तीन वर्षका लागि संस्थानको नेतृत्व सुम्पेर पठाएको थियो । पाठक संस्थानमा प्रवेश गरेपछि उनले गर्ने धेरै कामहरु थिए । सो मध्येको एउटा थियो बार्षिक साधारणसभा समयमा गर्नु । मुख्य चुनौति सामना गर्न उनी लगभग असफल सावित भएका छन् । यद्यपि उनको कार्यकालमा छ वर्षको बीमाङ्कीय मूल्याङ्कन सम्पन्न गरी छ वर्षकै वित्तीय विवरण तयार पारेर बीमा समितिमा पेश गरेकोमा तीन वर्षको मात्रै बीमा समितिबाट स्वीकृत भएर आएको छ । तीन वर्षको साधारणसभा गर्ने तयारी गर्दा गर्दै कोभिडको चपेटामा परेपछि अन्ततः उनी तीन वर्षे कार्यकालभरी एउटा पनि साधारण गर्न नसक्ने प्रमुख प्रशासक बनेर बाहिरिन बाध्य भए ।

पाठक संस्थानमा आउँदा आव २०६८।०६९ देखि यताको छ वर्षको साधारणसभा बाँकी थियो । तीन वर्षे कार्यकालका लागि नियुक्त भएका पाठकले साधारणसभा सम्पन्न गर्न निकै प्रयत्नहरु गरे, उनी सफल भएनन् । यद्यपि पछिल्लो छ वर्षको साधारणसभा सम्पन्न गर्न बीमाङ्कीय मूल्याङ्कन सम्पन्न गरी अन्तिम तयारी भने गरेका छन् । उनले प्रत्येक वर्ष गर्नुपर्ने बार्षिक साधारणसभा समयमा सम्पन्न नगर्दा बीमितहरुले नयाँ र अद्यावधिक बोनसदर अनुसारको लाभ लिन सकेका छैनन् ।

नेपालकै सबैभन्दा पुरानो जीवन बीमा कम्पनी, राज्यको पूर्ण स्वामित्व संगठित संस्था हुनुको नाताले पनि संस्थानले अन्य बीमा कम्पनीहरुको रोलमोडल कम्पनी हुनुपर्नेमा राजनीतिक हस्तक्षेपका कारण नतिजा दिन नसक्ने प्रवृत्ति पाठकको कार्यकालमा पनि देखियो ।

तीन वर्ष संस्थानमा रहँदा बीमा संस्थानको सबैभन्दा मुख्य चुनौति रहेको पुरानो साधारणसभा सम्पन्न गर्ने काममा खासै ध्यान दिन सकेनन् । जसका कारण उनी प्रवेश वर्ष छ वर्षको मात्रै बाँकी रहेको बार्षिक साधारणसभा अहिले नौ वर्षको साधारणसभा बाँकी हुन पुगेको छ ।

बीमा समितिले पटक पटक समयमा साधारणसभा सम्पन्न गर्न निर्देशन दिँदा समेत संस्थानले कुनै वास्ता गरेको छैन । बीमा संस्थान कम्पनी ऐन अनुसार संगगित संस्था होइन । बीमा संस्थान ऐन २०२५ अनुसार संगठित संस्था भएको तथा प्रमुख प्रसासक समेत मन्त्रिपरिषदबाट नियुक्त हुने हुँदा बीमा समितिको नियमनलाई समेत गम्भिर रुपमा लिई कार्यान्वयन गर्ने चासो पाठकले नदेखाएको गुनासो बीमा समितिको छ ।

राष्ट्रिय बीमा संस्थानमा अर्थमन्त्रालयले सार्वजनिक सूचनामार्फत प्रमुख प्रशासक नियुक्तीका लागि तीन जना छनौट गरी मन्त्रिपरिषद समक्ष सिफारिस गर्ने र मन्त्रिपरिषदले उपयुक्त लागेको व्यक्तिलाई प्रमुख प्रशासक बनाएर पठाउने कानुनी व्यवस्था छ । यद्यपि मन्त्रालयले तत्काल नयाँ प्रमुख प्रशासक नियुक्त गर्ने पक्षमा देखिएको छैन । राजनीतिक हस्तक्षेपको कारण नतिजा आउन नसकेकाले केही समय संस्थान प्रशासनकै पर्फमेन्ट हेरेर अघि बढ्ने रणनीति अख्तियार गर्ने देखिन्छ ।

जे होस्, आगामी नयाँ नेतृत्वले १० वर्षको साधारणसभा गर्ने चुनौति मोल्न हिम्मत गर्ने, दक्ष, नेतृत्व लिन सक्ने व्यक्ति चयन भएमा मात्रै संस्थानले गति लिनसक्ने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*