राष्ट्रपतिद्वारा दोस्रो पटक संसद विघटन, मंसिर ३ गते मध्यवधी निर्वाचनको घोषणा

८ जेष्ठ २०७८, शनिबार ०६:४८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा संसद दोस्रो पटक विघटन गरेकी छिन् । नेपालको संविधान २०७६ को धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन गर्ने प्रयास असफल भएपछि आज मध्यराति दोस्रो पटक संसद विघटन गरेकी हुन् । यसअघि गत पुस ५ मा पहिलो पटक संसद विघटन गरेकी थिईन् ।

नयाँ सरकार गठनको लागि हिजो साँझ ५ बजेसम्मको समयसीमा तोकेर आह्वान गरेकोमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवा दुवैले आफ्नो दावी प्रस्तुत गर्दै प्रधानमन्त्रीमा नियुक्तीका माग गरेका थिए । तर, हिजो राति अबेर राष्ट्रपति कार्यालय दुवैको दावी खारेज गरिदिएको थियो । राष्ट्रपति कार्यालयले एउटा पार्टीका सांसदहरुको दोहोरो समर्थन रहेको भन्दै दावी प्रस्तुत गरेको भन्दै दुवैको दावी खारेज गर्दै दुवैले नयाँ सरकार गठन गर्ने स्पष्ट आधार प्रस्तुत गर्न नसकेको भन्दै खारेज गरिएको राष्ट्रपति कार्यालयबाट जारी सूचनामा जनाइएको छ ।

राष्ट्रपति कार्यालयले दुवैको दावी खारेज गर्ने निर्णय गरे लगत्तै हिजो राति बसेको मन्त्रिपरिषदको बैठकले वर्तमान मौजुदा संसद भंग दोस्रो पटक भंग गरी कार्तिक २६ र मंसिर ३ मा निर्वाचन गर्ने मिति घोषणा गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषदको सिफारिस लगत्तै राष्ट्रपति कार्यालयले पनि आजदेखि लागू हुने गरी मौजुदा संसद विघटन गरेको हो ।

यस पटकको संसद विघटन भने संविधान अनुसार प्रक्रिया पुगेको देखिएको छ । नेपालको संविधान २०७६ को धारा ७६ (७) मा उपधारा ५ बमोजिम नयाँ सरकार गठन हुन नसकेमा वा धारा ५ बमोजिम गठन भएको सरकारले विश्वासको मत लिन नसकेमा संसद विघटन गरी छ महिनाभित्र नयाँ निर्वाचन गराउन सक्ने व्यवस्था गरेको छ ।

गत बुधबार राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि संसदको विश्वासको मत प्राप्त गर्ने आधार पेश गर्न आह्वान गरेपछि ओली र देउवाले दाबी पेश गरेका थिए । देउवाले आफ्नो दल कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले माधव नेपाल समूहका २६, जसपा उपेन्द्र यादव समूहका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि दाबी गरेका थिए । ओलीले भने एमालेका १२१ र जसपाका ३२ सांसदले आफूलाई साथ दिने दाबी गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*