सानिमा लाइफकाे ६० लाख कित्ता आइपिओकाे प्रक्रिया अघि बढ्याे, बाेर्डमा निवेदन दर्ता

९ जेष्ठ २०७८, आईतवार ०९:०२

काठमाडौं । सानिमा लाइफ इन्स्याेरेन्स कम्पनीले सर्वसाधारणका लागि ६० कराेड रूपैया बरावरकाे ६० लाख कित्ता आइपिओ निष्काशन गर्ने प्रक्रिया अघि बढाएकाे छ । चुक्ता पुजि दुई अर्व पुर्याउन आइपिओ निष्काशन गर्न लागेकाे हाे । लाइफले प्राथमिक शेयर निष्काशनको अनुमतिका नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार सानिमा लाइफ इन्स्याेरेन्स कम्पनीकाे आइिपओ निष्काशनकाे लागि बोर्डमा निवेदन दिएको जनाएकाे छ । बाेर्डबाट प्रक्रिया पूरा गरेपछि मात्रै आइपिओ निष्काशनकाे अनुमति लिनु पर्ने व्यवस्था छ ।

कम्पनीकाे आइपिओकाे लागि केयर रेटिङबाट बीबीबी माइनस रेटिङ प्राप्त गरेकाे छ । कम्पनीले आव २०७५।०७७ काे साधारणसभा आगामी जेठ २३ मा  हुनेछ ।

२०७४ मंसिरमा जीवन बीमा व्यवसाय शुभारम्भ गरेकाे कम्पनीकाे आइपिओ निष्काशनकाे लागि समय लाग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*