प्रभु सेलेक्ट फण्डमा आवेदन दिने आज अन्तिम दिन

९ जेष्ठ २०७८, आईतवार ११:३२

काठमाडौं । प्रभु बैंक मुख्य प्रबद्र्धक रहेको प्रभु सेलेक्ट फण्डमा आवेदन दिन आज अन्तिम दिन हो । कूल एक अर्बको सामूहि लगानी कोषले अन्य कोषले भन्दा बढि बढि प्रतिफल दिने भन्दै व्यापक चर्चा गरिएको लगानी कोषमा आज अपरान्ह ५ बजेसम्म मात्रै आवेदन दिन पाइने प्रभु क्यापिटलले जनाएको छ ।

यही जेठ ५ गतेदेखि निष्काशन गरेको प्रभु सेलेक्ट फण्ड सामुहिक लगानी कोषमा मागभन्दा बढि आवेदन परिसकेकोले आजदेखि बन्द हुने कम्पनीले जनाएको छ ।

प्रभु क्यापिटलले १० रुपैयाँ अंकित एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गरेको उक्त कोषमा सबै सर्व साधारणको लागि लगानी गर्न खुल्ला छ । उक्त लगानी कोषमा मेरो शेयरबाट सजिलै लगानी गर्न सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*