एशियन लाइफको ६६ हजार कित्ता संस्थापक शेयर किन्ने आज अन्तिम दिन

९ जेष्ठ २०७८, आईतवार ११:३८

काठमाडौं । यदि तपाई एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर खरिद गर्न चाहनुहुन्छ भने आज अन्तिम दिन हो । महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको ६६ हजार ७५७ कित्ता शेयर लिलाममार्फत बिक्री गर्दैछ ।

उक्त कम्पनीको शेयर खरिद गर्न चाहनेले लिलाम बढाबढमा भाग लिनुपर्नेछ । र, सो बढाबढमा भाग लिन आजै अन्तिम दिन रहेको छ ।

एशियन लाइफको संस्थापक शेयर न्यूनतम् मूल्य ६ सय ९८ रूपैयाँभन्दा माथि मूल्य लगाएर खरिद गर्न सक्नेछन् । अधिकतम् मूल्य कबोल गर्ने लिलाम सकार्नेहरु मध्ये कटअफ मूल्य तय गरी शेयर बाँडफाँड हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*