एनएमबि बैंकले आजदेखि उर्जा ऋणपत्र बिक्री खुल्ला गर्दै

९ जेष्ठ २०७८, आईतवार १२:१२

काठमाडौं । एनएमबि बैंकले जेठ ९ यानिकी आजदेखि उर्जा ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।

बैंकले १५ वर्षे समयावधिको लागि १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र आजबाट आवेदन दिन मिल्नेगरी बिक्री खुल्ला गरेको हो । बैंकले ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३’ नामको ऋणपत्र बिक्री गर्न लागेको हो । जसमा बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान समेत गर्दछ ।

बैंकले बिक्री खुल्ला गर्न लागेको प्रतिकित्ता १ हजार दरको कुल १५ लाख कित्ता ऋणपत्र मध्ये ९ लाख कित्ता व्यक्तिगत रुपबाट बिक्री गरिनेछ भने बाँकी ६ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्ने बैंकले जनाएको छ । जसमा ५ प्रतिशतका दरले ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भन बाँकी ५ लाख ७० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने बैंकले जनाएको हो ।

बैंकले निष्काशन गरेको उक्त ऋणपत्रमा आवेदन दिन छिटोमा जेठ १२ गते र ढिलोमा जेठ २३ गते आवेदन दिन सकिनेछ । साथै इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि तोकिएको अधिकतम कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा ‘मेरो शेयर’ बाट समेत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*