बीमा अभिकर्तामा कोरोनाको संक्रमण बढ्दै, हालसम्म १३ जना अभिकर्ताको निधन

९ जेष्ठ २०७८, आईतवार १२:३६

काठमाडौं । नेपालमा कार्यरत बीमा अभिकर्ताहरुमा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएको पाइएको छ । औपचारिक रुपमा कतिमा संक्रमण भयो भन्ने तथ्याङ्क कसैसँग नभए पनि बीमा पोष्टले तयार पारेको विवरणमा हालसम्म १३ जना बीमा अभिकर्ताको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।

पछिल्लो चार दिनमा थप ३ जना बीमा अभिकर्ताको निधन भएको विवरण प्राप्त भएको छ । एलआईसी नेपाल तनहुँ शाखामा कार्यरत कुल बहादुर श्रेष्ठको हिजो शनिबार कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । पेशाले शिक्षक समेत रहेका श्रेष्ठलाई केही दिनदेखि कोरोना भाइरसको संक्रमण भई उपचारको लागि अस्पताल भर्ना गरिएको थियो ।

उता, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका इटहरी शाखामा कार्यरत रञ्जना कुमारी थापाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।
सन नेपाल लाइफको दाङ शाखामा कार्यरत मान बहादुर कुमालको पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृदुभाषी, सरल व्यक्तित्वका धनि कुमाल स्थानीय शिक्षक समेत हुन् । त्यस्तै कुमाल समाज सुधार दाङका जिल्ला सचिव समेत रहेका कुमालको गत साता कोरोना भाइरसको संक्रमणबाट निधन भएको हो ।

पछिल्ला दिनहरुमा कोरोना भाइरसबाट संक्रमित हुने बीमा अभिकर्ताहरुको संख्यामा बृद्धि हुँदै गएको छ । मृतकको संख्या समेत दिनहु बढ्दै गएको पाइएको छ । गत वर्षको कोरोना महामारीमा कुनै पनि बीमा अभिकर्ताले ज्यान गुमाउनु परेको थिएन । यसवर्ष हालसम्म १३ जना बीमा अभिकर्ताको कोरोना भाइरसबाट निधन भइसकेको छ ।

यसैबीच, अजोड इन्स्योरेन्स कम्पनीका संस्थापक अध्यक्ष बिनोद बिष्टको कोरोना भाइरसबाट निधन भएको छ । नेपालका लागि संयुक्त राष्ट्र संघीय उपप्रतिनिधि विशिष्ट व्यक्तित्व बिष्टलाई कोरोना भएपछि अस्पताल भर्ना गरिएकोमा जेठ ५ गते निधन भएको हो ।

बीमा कम्पनीका पूर्व अध्यक्ष, सञ्चालक, तीन जना कर्मचारी र १३ जना बीमा अभिकर्ता गरी कूल १८ जना बीमा क्षेत्रका होनाहार व्यक्तित्वको कोरोना भाइरसबाट निधन भएको छ ।

One thought on “बीमा अभिकर्तामा कोरोनाको संक्रमण बढ्दै, हालसम्म १३ जना अभिकर्ताको निधन

  1. keshab lal shrestha says:

    सम्पूर्ण स्वर्गीय अभिकर्ताहरुको आत्माले चीर शान्ति पाओस् । हार्दिक श्रद्धान्जली । सबै जना सचेत बनौं ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*