नेपाल लाइफका बीमा अभिकर्ताले कम्पनीमा ज्ञापन–पत्र बुझाए

अमानवीय कदम फिर्ता नलिए कडा आन्दोलनको चेतावनी, २०७२ सालमा भएको सहमति उल्लंघन गरेको अभिकर्ता संघको आरोप
१२ जेष्ठ २०७८, बुधबार १८:४५

काठमाडौं । कोरोना महामारीको समयमा बीमा कम्पनीले एजेन्सी म्यानेजर नविकरणको लागि टार्गेट बृद्धि गरेपछि असन्तुष्ट बनेका बीमा अभिकर्ताहरुले संस्थागत रुपमा नै कम्पनीमा ज्ञापन पत्र बुझाएर उक्त टार्गेट बृद्धि फिर्ता लिन माग गरेका छन् ।

पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र अमात्यको नेतृत्वमा यही जेठ ७ गते कम्पनीमा दर्ता गरेको दुई पृष्ठ लामो ज्ञापन पत्र पेश गरेको हो । दर्ता नं ३००९ मा दर्ता गरिएको सो ज्ञापन पत्रमा कोभिड महामारीमा बीमा अभिकर्ताहरुलाई प्याकेज ल्याएर प्रोत्साहन गर्नुपर्नेमा उल्टै एजेन्सी म्यानेजरको टार्गेट बृद्धि गरी असहिष्णु र अमानवीय व्यवहार प्रस्तुत गरेको आरोप लगाइएको छ । संघले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हालै यही जेठ १ गते कम्पनीले एजेन्सी म्यानेजरको टार्गेट बृद्धि गर्ने निर्णय फिर्ता लिन माग गरिएको छ ।

संघले २०७२ असोज ७ गते कम्पनी र अभिकर्ता संघका बीचमा भएको सहमतिको उल्लंघन गरी एकतर्फी रुपले मनोमानी ढंगले अमानवीय र ज्यादतीको रुपमा नयाँ एजेन्सी म्यानेजरको टार्गेट लागू गरिएकोले उक्त कार्यको घोर भत्सना गर्दै फिर्ता लिन माग गरेको छ । संघले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लागू गरेको नयाँ एजेन्सी म्यानेजर सम्बन्धी व्यवस्था तत्काल खारेज गरी पूर्ववत निर्णयहरु लागू नगरे पेशागत बीमा अभिकर्ता संघको नेतृत्वमा सम्झौताहिन आन्दोलन र संघर्ष गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

अध्यक्ष अमात्यको टोलीले बुझाएको ज्ञापन पत्रमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस दर विगत आठ वर्षदेखि बृद्धि नहुनुमा व्यवस्थापन पक्ष दोषी रहेको ठहर गरिएको छ । ज्ञापन पत्रमा भनिएको छ, ‘ आम जनसमुदाय आहत र त्रासदीपूर्ण अवस्थामा रहेको बेला बीमति, अभिकर्ता र कर्मचारीलाई राहतको प्याकेज दिनुको सट्टा सामाजिक सञ्जालमार्फत मिति २०७८।०२।०१ देखि लागू हुने गरी भनि एउटै कम्पनीमा कार्यरत अभिकर्तालाई एक आर्थिक वर्षभित्र फरक फरक खालको एजेन्सी म्यानेजरको नियुक्ती तथा नविकरण गर्ने भन्ने ल्याएको व्यवस्था अविलम्व खारेजीको माग गर्दछौं ।’

संघले ज्ञापन पत्र दिनु अघि अभिकर्ताहरुका बीचमा बृहद अन्तरक्रिया आयोजना गरेको थियो । जेठ ५ गते अपरान्ह १ बजेदेखि जुममार्फत आयोजना गरिएको बृहद छलफलमा अभिकर्ताहरुले कम्पनीको ज्यादतीका विरुद्धमा कडा संघर्ष गर्नुपर्ने धारणा राखेकोले आन्दोलनमा उत्रिने निर्णय गरिएको अध्यक्ष अमात्यले बताए । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एजेन्सीहरुको टार्गेट बृद्धि गर्ने निर्णय बीमापोष्टले सार्वजनिक गरेको थियो ।

2 thoughts on “नेपाल लाइफका बीमा अभिकर्ताले कम्पनीमा ज्ञापन–पत्र बुझाए

  1. तेजमणि प्रसाई says:

    बीमा पोस्ट अनलाइन पत्रीकालाई धेरै धन्यवाद छ।वास्तवमा यो चोटि नेपाल लाइफ ब्यावस्थापनले कहि नभएको जात्रा हाडी गाउमा जस्तो गरेको छ।यो अन्याय पुर्ण अमानवीय दुव्र्यवहारको चौतर्फी रुपमा घोर भ्रत्सना गरिएको छ।

  2. Ramkrishna wolli Chhetri says:

    यस्तो महामारीको बेला मान्छे बाच्न र बचाउन सहयोग गर्नुपर्ने बेला तार्गेट दिनु भनेको अमानवीय , र असहिष्णु व्यापार भएको छ यो त सर्वे सर्वोच्चता हामी नै हो यिनीहरूले के पाे गरेका छन् भन्ने कम्पनी सञ्चालकले ठानेका छन् यदि यस्तै अनैतिक गति चालिए हाम्रो शक्ति के हो देखाउनु पर्नेछ खबरदार ??????

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*