स्वास्थ्य बीमा ७५ जिल्लामा विस्तारः प्रम ओली

१४ जेष्ठ २०७८, शुक्रबार २३:०३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा देशको ७५ वटा जिल्लामा विस्तार भएको बताएका छन् ।आज देशको नाममा सम्बोधन गर्दै प्रम ओलीले यस्तो जानकारी दिएका हुन् । उनले सरकारको सफलताको रुपमा स्वास्थ्य बीमालाई जोडेका छन् ।
यद्यपि प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा भएका राम्रो काममा कोरोना बीमालाई भने जोडेका छैनन् ।
प्रम ओलीले सामाजिक सुरक्षा कोषमा १३ हजार ७०० प्रतिष्ठान आवद्ध भएको जनाउँदै दुई लाख मजदुर समेत कोषमा आबद्ध भएको जानकारी दिएका छन् । देशमा १३८ स्थानीय तहमा राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत महिलाहरुले जीविको पार्जन सुरु गरेको चर्चा गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*