बृद्ध भत्ता मासिक ४ हजार पुग्यो, महिला र अपाङ्गता भएका व्यक्तिको भत्ता पनि बढ्यो

काठमाडौं । सरकारले वृद्ध भत्ता एक हजार रुपैयाँले बृद्धि गरी चार हजार रुपैयाँ पुर्याएको छ । यसअघि तीन हजार रुपैयाँ रहेकोमा बृद्धि गरेको हो ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत अन्य सामाजिक सुरक्षा भत्ता अन्तर्गत एकल महिला, अपाङ्गता भएको व्यक्तिहरुले पाउने मासिक भत्ता ३३ प्रतिशतले बढेको छ ।
सामाजिक सुरक्षा भत्ताका लागि सरकारले एक खर्ब रुपैयाँ विनियोजन गरेको छ ।