कर्मचारीको तलव मासिक २ हजार बृद्धि गर्ने निर्णय

१५ जेष्ठ २०७८, शनिबार १८:२६

काठमाडौं । सरकारले सार्वजनिक सेवाका सबै कर्मचारीहरुको तलव मासिक दुई हजार रुपैयाँ बृद्धि गर्ने निर्णय गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आज बजेट भाषणमार्फत कर्मचारीको तलव बृद्धि गर्ने अवस्था नरहेतापनि २०७८ साउन १ गतेदेखि लागू हुने गरी सबै कर्मचारीलाई मासिक दुई हजार रुपैयाँ थप भत्ताको व्यवस्था गरिएको जनाएका छन् ।

साथै कर्मचारीले पाउँदै आएको महंगी भत्ता यथावत रहेको समेत जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*