महामारीका बीच १६ खर्ब ४७ अर्बको बजेट घोषणा, करिब छ खर्ब घाटा बजेट सार्वजनिक

१५ जेष्ठ २०७८, शनिबार १९:३१

काठमाडौं । सरकारले कोरोना महामारीका बीचमा आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको घोषणा गरेको छ । संसद भंग भई निर्वाचनको मिति घोषणा गरेको अवस्थाका कारण सरकारले अध्यादेशमार्फत आज बजेट घोषणा गरेको हो ।

सिंहदरवारको प्रधानमन्त्री कार्यालयमा आयोजित विशेष समारोहका बीचमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आव २०७८।०७९ मा १० खर्ब २४ अर्ब राजश्व उठाउने र बाँकी ऋण र तानतुन पारेर खर्च गर्ने गरी नयाँ बजेट प्रस्तुत गरेका हुन् । चालु आवमा १४ खर्ब ७४ अर्बको बजेट बनाएकोमा पुँजिगत खर्च ज्यादै न्यून छ । आगामी आर्थिक वर्षमा सरकारले बजेटको आकार बृद्धि गरेको हो ।

सरकारले आगामी आर्थिक वर्षमा पुँजीगत खर्चका लागि तीन खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, वित्तीय व्यवस्थातर्फ दुई खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ र स्थानीय तहमा जाने अनुदान तीन खर्ब ८६ अर्ब ७१ करोड छुट्टयाएको छ ।

सरकारले अपुग बजेट विदेशी विकास साझेदारबाट ३ खर्ब ९ अर्ब २९ करोड रुपैयाँ ऋण लिइने र आन्तारिक ऋण दुई खर्ब ५० अर्ब उठाउने योजना प्रस्तुत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*