बीमा समितिको नयाँ निर्णय बीमा अभिकर्ताले नमान्ने, बैशाख २ को पत्र खारेजी पहिलो शर्त

२४ जेष्ठ २०७८, सोमबार ०७:४८

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघले बीमा समितिले हिजो गरेको निर्णय नमान्ने जनाएको छ । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले बीमा समितिको हिजो बीमा कम्पनीहरुलाई पठाएको पत्रबारे अभिकर्ताहरुका बीचमा अनौपचारिक छलफल भएको र सो निर्णय अस्वीकार्य भएको निष्कर्ष निकालिएको आन्दोलनको तयारी नरोकिने जनाएका छन् ।

संघले बीमा समितिले गत बैशाख २ मा बीमा समितिले काटेको पत्र खारेज पहिलो शर्त भएको बताउँदै बीमा अभिकर्तालाई ऋण लिन प्रतिबन्ध लगाउने निर्णय आफ्ना लागि मान्य नहुने प्रष्ट पारेको छ । संघका अध्यक्ष तिवारीले बीमापोष्टसँग कुरा गर्दै भने, ‘हामी कम्पनीको कोडमा स्थायी कर्मचारीभन्दा बढि समय काम गर्छौ, हामीले ऋण लिन नपाउने भन्ने बीमा समितिको निर्णय हाम्रा लागि स्वीकार्य हुनै सक्दैन ।’ संघका अध्यक्ष तिवारीले बीमा समिति गलत नियत र मानसिकताबाट बीमा अभिकर्ताका विरुद्धमा अघि बढिरहे गम्भिर परिणाम भोग्नुपर्ने चेतावनी दिए ।

अध्यक्ष तिवारीले पाँच लाख बीमा अभिकर्ताको रोजीरोटीसँग जोडिएको विषयमा निर्णयहरु गर्दा सरोकारवालाहरुसँग छलफल नै नगरिएको आरोप लगाएका छन् । अध्यक्ष तिवारीले बीमा अभिकर्ताको ऋण लिन पाउने पूर्ववत व्यवस्था किन हटाइएको हो भन्ने सम्बन्धमा पटक पटक छलफल गरौं भन्दा अध्यक्ष सिलवाल नमानेको आरोप समेत लगाएका छन् ।

7 thoughts on “बीमा समितिको नयाँ निर्णय बीमा अभिकर्ताले नमान्ने, बैशाख २ को पत्र खारेजी पहिलो शर्त

  1. फटक बहादुर पराजुली 1010930 काठमाडौ says:

    उठाएको माग आभिकर्ताहरुको हितमा छ ।यस् कार्यमा निरन्तर अगाडि बड्न मेरो तर्फ बाट पुर्ण सहयोग समर्थन छ।

  2. फटक बहादुर पराजुली 1010930 काठमाडौ says:

    यश कार्यमा पुर्ण समर्थन साथ सहयोग हुनेछ ।

  3. शेर बहादुर डाँगी says:

    बिमासमितिलेको निर्णय फिर्ता गरिनु पर्छ । अभिकर्ता को लागि स्वीकार छैन

  4. दिपक बराल says:

    बिमा समिती पनि के पि बाको जस्तै केटाकेटी कुरा गरेर अभिकर्तालाई लाली पप खुवाउन खोज्दै छ तेसैले आफ्नो खाइपाइ आएको रोजिरोटिको ग्यारेन्टिको लागि सबै एकबद्द हुनु आजको आबस्यकता रहेको छ सबैमा एकबद्द हुन अनुरोध गर्दछु ।

  5. राज अधिकारी says:

    बिमा सेवा भित्र बिचौलिया तत्व हाबी भएको हो कि भन्ने बिमा समिती र बिमा कम्पनीको पछिल्लो ब्यबाहारले आशन्का उब्जायको छ । सबैले सजग बनौ र बिमा सेवालाई थप ब्यबस्थित मर्यादित बनाउ हामी अभिकर्ता माहासङ नेपालले उठायको मागबाट पछि हटने छैनौ ।

  6. भिम सागर राइ says:

    विभिन्न बिमा कम्पनी अर्थात सिङ्गो बिमा समितिको धरोहरनै अभिकर्ता हुन ।बिमा समितिको यो अभिकर्ता इतर निर्णय कुनै हालतमा मान्य हुने छैन बरु कडा आन्दोलनमा उत्रिन्छ।

  7. श्याम श्रेष्ठ says:

    दिनरात घाम पानी नभनी गाउँ सहर बस्ती घुमेर ब्यबसाय ल्याएर दिने हामी अभिकर्ता अनि हामिलाइ नै यो सुबिधा कटौती गर्छ भने हामी मन्दैनौ।पेशा गत अभिकर्ता संघको कुरोमा १००% साथ दिई सहयो गर्ने हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*