सिन्धुपाल्चोकको मेलम्चीमा भिषण बाढी, ७ जनाको मृत्युु, दर्जनौं घरहरु डुब्दा करोडौंको बीमा दावी पर्ने

२ असार २०७८, बुधबार ०८:४१

काठमाडौं । प्रत्येक वर्ष बाढीको चपेटामा पर्दै आएको सिन्धुपाल्चोक जिल्ला यस वर्षको वर्षायामको सुरुमै भिषण बाढीको चपेटामा परेको छ । सिन्धुपाल्चोक जिल्लाको दोस्रो ठूलो बजार मेलम्चीमा भिषण बाढी आएको छ । बाढीमा परेर हालसम्म ७ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । अन्यको खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीको भनाई छ ।

हिजो दिउँसोदेखि परेको अविरल वर्षाको कारण हिजै अपरान्हदेखि मेलम्चीमा नदिमा पानीको सतह बढ्दै गएकोमा रातभरि बाढीले दर्जनौं घरहरु पुरेको हो । बाढीसँगै आएको लेदोका कारण सिन्धुपाल्चोकका दर्जनौं घरका तीन तल्ला माथिसम्म पुरिएका छन् ।

जसका कारण १०० भन्दा बढि घरहरुमा डुब्न पुगेका छन् । स्थानीय मेलम्ची खोला २० मिटरसम्म अग्लो बाढी आई मेलम्ची बजारमा प्रवेश गरेर सिंगो बजार पुरेका छ । सो क्षेत्रमा सयौं मानिसलाई अन्यत्र सारिएको स्थानीय प्रशासनले जनाएको छ । आज विहान उज्यालो भएसँगै स्थानीय प्रहरी, सर्वसाधारण उद्धार कार्यमा जुटेका छन् । अन्य थप विवरणहरु आउन बाँकी छ ।

मेलम्ची आसपासका ७ वटा पुलहरु बगाएको छ । सडक यातायात अबरुद्ध छ भने विद्युत र सञ्चार सम्पर्क समेत सीमित मात्रामा सम्पर्कमा रहेको जनाइएको छ ।

यसैबीच, मेलम्चीमा गएको भिषण बाढीका कारण करोडौं रुपैयाँ बीमा दावी पर्ने भएको छ । त्यहाँ रहेका बैंक, सहकारी तथा व्यक्तिगत घरमा पुगेको क्षतिको करोडौं बीमा दावी पर्ने देखिएको हो ।

One thought on “सिन्धुपाल्चोकको मेलम्चीमा भिषण बाढी, ७ जनाको मृत्युु, दर्जनौं घरहरु डुब्दा करोडौंको बीमा दावी पर्ने

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*