आन्दोलित मानसिकताका बीच १५ अर्ब बीमा शुल्कका लागि मेहनत गर्दै अभिकर्ता

बीमा व्यवसाय खुम्चिएमा त्यसको जिम्मेवारी बीमा समितिले लिनुपर्ने अभिकर्ताको चेतावनी
४ असार २०७८, शुक्रबार १२:५९

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम महिनाको पहिलो साता सकिनै लाग्दा जीवन बीमा अभिकर्ताहरु भने असारे चटारोमा रहेका छन् । बैशाखको दोस्रो साताबाट सुरु भएको निषेधाज्ञाका कारण घरैमा थुनिएका अभिकर्ताहरु यतिबेला १५ अर्ब भन्दा बढि बीमा शुल्क संकलन गर्ने दौडमा सहभागी छन् । बीमा समितिले बीमा अभिकर्ताका विरुद्धमा गरेका निर्णयहरुका कारण अभिकर्ताहरु मस्तिष्कमा आन्दोलित मानसिकता बोकेर मैदानमा बीमा व्यवसायका लागि मेहनत गरिरहेको पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले जानकारी दिए ।

गत वर्षको असार महिनामा ११ अर्ब ६५ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेमा अभिकर्ताहरु यस वर्ष कम्तीमा १५ अर्ब रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्ने मेहनत गरिरहेको अभिकर्ताहरुले बताएका छन् । यद्यपि बीमा समितिको गलत निर्णय र केही बीमा कम्पनीहरुको अभिकर्ताहरुलाई कडा दायरा बनाएका कारण निराशाको गम्भिर परिणाम आउन सक्ने संकेतहरु समेत देखिएका छन् ।

गत वर्षको तुलनामा यस वर्ष बीमा शुल्क घटेको खण्डमा त्यसको जिम्मेवारी बीमा समितिले लिनुपर्ने बीमा अभिकर्ताहरुले जनाएका छन् । गत वर्ष दुई महिना लामो लकडाउनकै बीचमा एक लाख भन्दा बढि अभिकर्ताहरुले झण्डै ११ अर्ब रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेकोमा यसवर्ष बीमा समितिले बीमा व्यवसायको चेन अफ कमाण्ड भत्काएकोले घटेर आठ अर्बमा सीमित हुन सक्ने बीमा अभिकर्ताहरुले चेतावनी दिएका छन् । एक अभिकर्ताले भने, ‘त्यसको जिम्मेवारी बीमा समितिले लिनुपर्दछ । घरभित्र थुनिएका अभिकर्ताका विरुद्धमा निर्णय गर्ने त्यसको दोष अन्यत्र थोपर्न पाइदैन ।’ बीमा अभिकर्ताहरु असारे चटारो र निषेधाज्ञा सकिए लगत्तै बीमा समिति घेराऊ लगायतका सम्झौताहिन आन्दोलन गर्ने योजनामा रहेका छन् ।

कोरोना महामारीका कारण घरभित्रै थुनिएका अभिकर्ताहरु असार महिनामा निराश भएको अवस्थामा जीवन बीमाको कूल व्यवसायको एक तिहाई व्यवसाय प्रभावित हुनेछ । गत वर्ष नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताले मात्रै चार अर्ब १८ करोड रुपैयाँ असार महिनामा मात्रै संकलन गरेका थिए । त्यस्तै एक अर्ब ८२ करोड प्रथम बीमा शुल्क संकलन गरेको थियो । पाँच वटा जीवन बीमा कम्पनीका अभिकर्ताले एक महिनामा मात्रै एक अर्बभन्दा बढि बीमा शुल्क संकलन गर्न सफल भएको थिए । कोरोना महामारीका बीचमा आन्दोलित मानसिकताका बीचमा काम गर्नुपर्दा यस वर्षको असारे चटारोमा बीमा व्यवसाय सुख्खा हुनसक्ने जोखिम बढेको छ ।

कोरोना महामारीमा २२ जना बीमा अभिकर्ताको मृत्युले शोक र कोरोनाको त्रासमा रहेका बीमा अभिकर्ताहरुको मनोबल उकास्न नियामक निकाय बीमा समिति र बीमा कम्पनीहरु कसैले पनि खासै चासो दिएका छैनन् । यद्यपि आफ्नो पेशाप्रति प्रतिबद्ध रहँदै विगतका वर्षहरुमा झनै वर्षभरिमा हुने कूल आम्दानीको एक तिहाई बीमा कारोबार हुने असार चटारोमा आफूहरु सबै कुरा छोडेर उत्रिएको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीकी सिनियर एजेन्सी म्यानेजर नमिता न्यौपानेले जानकारी दिईन् । देशव्यापी रुपमा आएको प्राकृतिक विपद र कोरोना महामारीसँग पौठेजोरी खेल्दै विगतका वर्षहरुमा झै बीमा शुल्क संकलनमा व्यस्त रहेको बताईन् ।

अधिकांश बीमा अभिकर्ताहरु यतिबेला आफ्नो कार्यक्षेत्रमा खटिरहेका छन् । पानी, झरीका बीचमा जनताको घरदैलोमा पुगेर बीमा जनचेतना जगाउने अभियानमा सहभागी भएको नेशनल लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर तुलसी दर्शनले जानकारी दिईन् ।

One thought on “आन्दोलित मानसिकताका बीच १५ अर्ब बीमा शुल्कका लागि मेहनत गर्दै अभिकर्ता

  1. Arjun Ghimire says:

    आजको बिमा बजारको एक इमान्दार, कर्मशील र जगरूक अभियानता हो अभिकर्ता । यनीहरूकै दिन रातको कडा मेहनत र श्रमले नै लेखमा उल्लेख भए अनुसारको बिमा बजार बनेको छ ।
    तर यिनीहरू माथि नै राज्य समन्त्रको नियमक निकायले अभिकर्ताहरूलाई नियमनको बाहानमा पेशालाई नै धरासय बनाउने काम र कदमहरू गर्दै आएको छ।
    के नियमक बिमा समितिको कार्य भनेको दिनरात मैदानको अग्र पंक्तिमा कर्मलीश अभिकर्ताहरूको सेवा सुबिधामा आक्रमणहरू गर्नु बिमा बजारलाई प्रदूषित बनाउने मात्र हो? क
    केही बिमा कम्पनीका CEO हरू र संचालकहरू पनि बिमा समितिको यस्ता गैर ज़िम्मेदारी रबैयाका बनेका छन । उनीहरूका लाख र करोडको लगानीलाई यनै अभिकर्तहरू कडा मेहनत र श्रमले आज अरबौ र खरबौको बनादिएका छन । तसर्थ त्यस किसिमका अनैतिक कार्यहरू अभिल्मव गरियोस अन्यथा हाम्रो मुलुकमा बिमाको GDP मा ३% को गहकिलो योगदान सधै कायम नहुन सक्छ र त्यसको ज़िम्मेदारी बिमा सिमितीले लिनू पर्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*