एजेन्सी म्यानेजरको टार्गेट बृद्धि फिर्ता लिने नेपाल लाइफ सञ्चालक समितिको निर्णय

१० असार २०७८, बिहीबार ०९:४४

काठमाडौं । गत जेठ १ गतेदेखि लागू हुने गरी नेपाल लाइफ इन्स्योरेन्सले एजेन्सी म्यानेजरको लागि बृद्धि गरेको टार्गेट फिर्ता लिने निर्णय गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अनुसार यही असार सम्म लागू हुने गरी जेठ १ गतेदेखि लागू गरिएको टार्गेट बृद्धि फिर्ता गरिएको छ । अब पूर्ववत रुपमा टार्गेट कायम भएको कम्पनीले जनाएको छ ।

बीमा अभिकर्तालाई एजेन्सी म्यानेजर हुनका लागि तोकिएको टार्गेटमा भारी बृद्धि गरिएको थियो । बीमा अभिकर्ताहरुले उक्त टार्गेट बृद्धि फिर्ता हुनुपर्ने माग राख्दै आएका थिए । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले टार्गेट बृद्धि फिर्ता लिने निर्णय गरेको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अन्तिम अवस्थामा टार्गेट बृद्धि गर्नु गलत रहेको भन्दै विरोध गर्दै आएका बीमा अभिकर्ताहरुले टार्गेट बृद्धि फिर्ता गर्ने निर्णयको स्वागत गरेका छन् ।

One thought on “एजेन्सी म्यानेजरको टार्गेट बृद्धि फिर्ता लिने नेपाल लाइफ सञ्चालक समितिको निर्णय

  1. रामकृष्ण says:

    नचाहिने कुरामा किन यस्तो निर्णय गर्नु भएको महासय हरु भनेकै हो त जुनसुकै कुरा गर्दा पनि जाहेज र उपयुक्त हुने खाले हुनुपर्ने होइन र ???

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*