सिताराम डेरीको पनीर, बटर फ्रेस मिल्क, दही तथा लसी बजारमा

३१ असार २०७८, बिहीबार १५:३३

काठमाडौँ । सीताराम गोकुल मिल्क्स काठमाण्डौं प्रा.लि.ले सिताराम दुध उत्पादन र बिक्रि बितरणको २५ बर्ष पुगेको शुभ अवसरमा बिभिन्न उत्पादनहरु बजारमा ल्याएको छ ।सिताराम दुध नेपालको निजी क्षेत्रको सबैभन्दा ठुलो दुध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने डेरी हो । केडिया अर्गनाइजेशनको भागिनी संस्थाको रुपमा स्थापना भएको सिताराम गोकुल मिल्कस् काठमाण्डौं प्रा.लि.को उत्पादन कारखाना किर्तीपुरको दुधपोखरीमा रहेको छ ।

सिताराम दु्ध आम नेपालीहरुले बिगत २५ बर्षदेखि सेवन गर्दै आइरहेका छन् । आधुनिक प्रबिधि सँगसँगै सिताराम गोकुल मिल्कस्ले आम नेपालीको भान्सामा आवश्यक पर्ने सितारम दुध, सितारम घिउ, पनीर बटर,र चिनी सहित र चिनी रहितको दही , सितारमा फ्रेश मिल्क तथा लस्स्सी बजारमा बिक्री बितरणमा ल्याएको छ । एउटा दुग्ध उत्पादक डेरीको उत्पादन अब एउटै बास्केटमा आएको सिताराम डेरीका प्रबन्ध निर्देशक श्री सुमित केडियाले बताए ।

हामीले आम ग्राहक महानुभावको सल्लाह र सुझाव बमोजिम सितारामका उत्पादनहरु बजारमा ल्याएका छौं र आम सर्बसाधरण सबैले सजिलै बिभिन्न डिपार्टमेन्टल स्टोर जस्तै भाटभटेनी , बिगमार्ट लगायत अन्य मार्ट तथा पसलहरुमा पाउनेछन् भने सितारम डेरीको आफनै आउटलेट कुलेश्वरबाट समेत खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । सीताराम दुध जहिलेपनि आफनो गुणस्तर र आम ग्राहकहरुको स्वास्थप्रति संवेदनशील रहेको छ र यस डेरीबाट उत्पादन हुने दुध तथा दुग्धजन्य पर्दाथ सेवन ढुक्क्का साथ गर्न सबैमा अनुरोध गर्दछु केडियाले भने ।

सितारमा गोकुल मिल्कस्को बजारमा उपलब्ध दही, पनीर, बटर, फ्रेश मिल्क तथा लसी रहेका छन् दही आधा तथा एक लिटर चिनी रहित र चिनी सहितको एवं लस्सी समेत एक तथा आधा लिटरमा उपलब्घ रहेके छ भने पनीर २०० ग्रामदेखि १ केजीसम्म तथा बटर पनि सोही वजनमा उपलब्ध रहेको छ यसको साथसाथै सिताराम घयु १ तथा आभा लिटरमा एवं सितारमा फ्रश मिल्क २०० एम. एल. को बोत्तलमा बजारमा बिक्री भइरहेका उहाँले बताए ।

सिताराम गोकुल मिल्कस काठमाण्डौं प्रा.लि.प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा हजारौ जनतालाई रोजगारी दिन सफल भएको छ बिगत २५ बर्षदेखि । यतिमात्र होइन दुधले राम्रो आम्दानी गरी आर्थिक आय श्रृजनाको मुख्य श्रोत कृषि मध्येको गाइपालन हो भन्ने तथ्यलाई समेत प्रमाणित गर्न सफल भएको छ । किसानको गोठदेखि आम जनताको ओठसम्मे सितारमा डेरीले दुध तथा यसबाट उत्पादित दुग्धजन्य पदार्थहरु पुरयाएको छ ।

सिताराम गोकुल मिल्कस् काठमाण्ठौं प्रा.लि. २०५२ सालमा कीर्तिपुरको दूधपोखरीमा स्थापना भई सञ्चालन हुँदैआएको छ । सिाताराम गोकुुल मिल्कस् प्रा.लि.ले नवलपरासी, रुपन्देही, चितवन र काभ्रेपलाञ्चोक जिल्लामा २२ वटा दूध चिस्यान केन्द्र स्थापना गरेर जिल्लाका १५० दूध उत्पादक सहकारी संस्थाका साथसाथै लगभग २० निजी दूध व्यवसायीमार्फत नियमित दूध सङ्कलन गरिरहेको छ।दूधबाट प्रोटिन, लिपिडस, क्याल्सियम र पोटासियम जस्ता पौष्टिक तत्व पाइनाका साथै स्वस्थ शरीर र नियमित विकासमा दूधको महत्व आधुनिककालमा समेत वैज्ञानिक रुपमा पुष्टि भइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*