जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सुरु, दुई धार्मिक सहर प्रत्यक्ष रेल सम्पर्कमा जोडिए

७ मंसिर २०८३, सोमबार १३:५१

काठमाडौँ ।  नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सोमबारदेखि सञ्चालनमा आएको छ।

नेपालका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा भर्चुअल माध्यममार्फत रेल सेवाको उद्घाटन गरेका हुन्। उद्घाटनलगत्तै अयोध्याबाट जनकपुरधामका लागि रेल प्रस्थान गर्ने कार्यक्रम छ। अयोध्या रेलवे स्टेसनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित रेल सेवाका उच्च अधिकारीहरूले जनकपुरका लागि छुट्ने रेललाई बिदाइ गर्नेछन्।

विशेष रेल सेवा सञ्चालनमा आएसँगै नेपाल र भारतका दुई ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेका सहर प्रत्यक्ष रेल सम्पर्कमा जोडिएका छन्। यसले दुवै देशबीचको धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्ध विस्तारमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*