नेपाललाई भारतको दुई खर्ब ४० अर्ब भारु सहयोग घोषणा

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भारतले नेपाललाई दुई खर्ब ४० अर्ब भारु आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। तर उक्त सहयोगमध्ये कति रकम सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) र कति अनुदानका रूपमा उपलब्ध गराइने भन्नेबारे भने स्पष्ट पारिएको छैन।
नेपालले भारतसँग दुई खर्ब भारु आर्थिक सहयोग माग गरेको थियो। त्यसमध्ये एक खर्ब भारु सहुलियतपूर्ण ऋण र एक खर्ब भारु अनुदानका रूपमा उपलब्ध गराउन नेपालले प्रस्ताव गरेको थियो। भारतले नेपालले प्रस्ताव गरेअनुरूप नै सहयोग घोषणा गरेको बताइएको छ।
नेपालको प्रस्तावअनुसार अनुदानतर्फको एक खर्ब भारुमध्ये ५० अर्ब भारु रसुवामा बाढीपहिरोबाट भएको क्षतिपछिको पुनर्निर्माणमा खर्च गर्ने योजना थियो। बाँकी ५० अर्ब भारु बुटवल–पोखरा एक्सप्रेस वे निर्माणका लागि सहयोग मागिएको थियो। यद्यपि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरिएको सहयोग कुन परियोजनामा कति रकम खर्च गरिने भन्नेबारे खुलाएका छैनन्।











