बालेन र मोदीद्वारा नेपालका पाँच परियोजनाको उद्घाटन तथा शिलान्यास

७ मंसिर २०८३, सोमबार १४:०६

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भारतीय सहयोगमा निर्माण भएका तथा निर्माण हुने चरणमा रहेका पाँच परियोजनाको संयुक्त रूपमा उद्घाटन तथा शिलान्यास गरेका छन्।

सोमबार भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट दुवै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट परियोजनाहरूको उद्घाटन तथा शिलान्यास गरेका हुन्। पाँच परियोजनामध्ये चारवटाको शिलान्यास गरिएको छ भने एउटाको उद्घाटन गरिएको छ।

संयुक्त रूपमा शिलान्यास गरिएका परियोजनामा भारतको धार्चुला र नेपालको दार्चुलालाई जोड्ने मोटरेबल पुल, बनबासा नाकामा निर्माण हुने एकीकृत जाँच चौकी, झापाको चारआलीमा निर्माण गरिने ग्यास पाइपलाइन र ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना रहेका छन्।

त्यस्तै, भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको परियोजनाको उद्घाटन गरिएको छ। यो परियोजना सञ्चालनमा आएसँगै भारतबाट पाइपलाइनमार्फत पेट्रोल र मट्टितेलसमेत नेपाल आउन थालेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*