बीमा व्यवससाय धरासायी बनाउने बीमा समितिका ३ गलत निर्णय

बासुदेव त्रिपाठी
६ श्रावण २०७८, बुधबार २३:२५

विगत केही महिनादेखि अनावश्यक रुपमा ठाडो हस्तक्षेप गरि ५० बर्षदेखि चलिआएका उपयुक्त प्रणाली तथा जीवन बीमा व्यवसायमाथि धावा बोल्ने काम बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले गरेको छ । आजको दिनसम्म यो अवस्थामा ल्याइपुराउन अहोरात्र मिहेनत गर्ने बास्तविक बीमा अभिकर्तालाई ठुलो क्षति पुर्याउने मनसाय साथ बीमा समिति र बीमा कम्पनीहरुबाट भएका केही निर्णयहरुले देशमा सामाज्यवाद लदाउन खोजको देखिन्छ । पुँजीपति वर्गलाई पक्षपोषण गर्न खोज्दै सरकारले छ लाख भन्दा बढि अभिकर्तालाई बेरोजगार बनाउन खोजेको देखिन्छ । बीमा समितिले बीमा व्यवसायमा थप विकृति भित्राउन खोजेको छ जुन निर्णयहरु हामी सम्पूर्ण बीमा अभिकर्ता र अभिकर्ता संगठनको हित विरुद्धमा छ । यसका लागि हामी चरणबद्ध आन्दोलनको तयारीमा छौँ ।

के हुन त ति गलत निर्णय ?
१) संस्थागत अभिकर्ताको लाइसेन्स दिन निर्णयः एउटा रफतारमा चलिरहेको व्यवसायको प्रकृति लाई ठेस पुराउन खोज्नु वा अभिकर्तामार्फत मात्र नै गरिने व्यवसायलाई विना सुझ बुझ धमिल्याउन खोज्नु गतल काम हो । व्यक्तिगत अभिकर्ता नै बीमाको लागि उपयुक्त माध्यम र च्यानल हो । बीमितको कोणबाट र बीमा कम्पनीको सुरक्षाको लागि अभिकर्ताको भूमिका निकै महत्वपूर्ण हुन्छ । न्यायको लागि उपयुक्त सल्लाह दिनेमा मात्र नभई बीमा अवधिसम्म चालु हुनको लागि र अन्त्यमा उचित प्रतिफल दिलाउन व्यक्तिगत अभिकर्ताको विकल्प छैन । अझै बैंक तथा वित्तिय संस्थाले ऋणीलाई करकापमा बीमा गराएर अरबौ रुपैयाँ सोझा, साझा बीमितको पहिलो बीमा शुल्क डुबाउको उदाहरण हामीसँग ताजा छ । यति हुँदा हुदै पनि बीमा समिति नयाँ नयाँ फण्डा थप गर्दै जानुले बीमा व्यवसायमा चलखेल गर्न खोजेको देखिएको छ ।

२) अभिकर्ता ऋण सुविधाः जीवन बीमा कम्पनीहले अभिकर्तालाई प्रलोभनमा लिने, ऋणलाई आधारमानी समग्र बीमा अभिकर्ताको हितका लागि पाइरहेको उपयुक्त ऋण सुविधा, जुन अधिकर्ताको व्यवसायलाई आधारमानी दिइन्छ । त्यो नै बन्द गर्न खोज्नु ठुलो गल्ती हो । यो गल्ती सुधारी ऋण दिने पं्रणलीलाई व्यवसायसँग दाजेर ब्यवस्थित गर्न जरुरी छ र जसको नियमन र नियन्त्रण बीमा समीतिले गर्नुपर्दछ ।

३) अभिकर्तासँग समन्वय नगर्नुः जीवन बीमा व्यवसायको मेरुदण्ड मानी आएको अभिकर्ता तथा अभिकर्ता संघसँग समन्वय नगरी अगाडी बढदा बीमा व्यवसायको उचित समस्या पहिचान हुन सक्दैन । एकलौटी निर्णय गर्दा बीमा क्षेत्रमा विकृती बढने, समाजमा बीमाप्रति वितृष्णा जागृत हुने, व्यवसाय नै धरासायी हुने हुँदा सम्बन्धित स्टेक होल्डरसँग सम्बन्ध सुधार गर्न बीमा समितिप्रति हाम्रो आग्रह छ ।

लेखक, पेशागत बीमा अभिकर्ता सघं, महालक्ष्मी लाइफका प्रमुख सल्लाहकार हुन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*