बीमा ज्ञानबिनाका नियामक नेतृत्वको गलत धारणा चिर्न सबै एकजुट बन्नुपर्छ

बासुदेव त्रिपाठी
२७ श्रावण २०७८, बुधबार १३:३३

बीमा विशेष र प्राविधिक क्षेत्र हो । बीमा क्षेत्रमा काम गर्न, बीमा सुविधा लिन यसको विविध पाटोबारेमा ज्ञान हुनु अनिवार्य छ । झन् बीमा कम्पनीहरुमा बीमा क्षेत्रको बारेमा पर्याप्त ज्ञानले भरिपूर्ण जनशक्ति नभई काम गर्न सम्भव छैन । बीमा क्षेत्रमा व्यवसायिक र दक्षतायुक्त जनशक्तिको सधैं खाँचो भइरहेको छ ।

बीमा कम्पनीहरुमा काम गर्ने तल्ला तहका कर्मचारमाथि देखि माथिल्लो तहका उच्च अधिकारी, प्रमुख कार्यकारी अधिकृतसम्म सबै बीमा क्षेत्रमा लामो समय काम गरेका र दक्षतायुक्त हुनु अनिवार्य छ । त्यस्तै बीमा समिति वा बीमा क्षेत्रको नियामक निकायमा समेत दक्षतायुक्त व्यक्तिको खाँचो उत्तिकै पर्दछ । प्राविधिक विषय भएकोले प्राविधिक रुपमा बुझ्ने, प्राविधिक रुपमा प्रभाव मूल्याङ्कन गर्ने तथा प्राविधिक रुपमा समस्याहरुको समाधान निकाल्नु पर्ने भएकोले बीमाबारे पर्याप्त ज्ञान नभएका व्यक्तिबाट बीमा क्षेत्रको नियमन, व्यवस्थापन तथा सञ्चालन असम्भव जस्तै छ । जबरजस्ती गर्ने प्रयास गरिएमा त्यसले अस्तव्यस्त निम्त्याउँने, बीमा क्षेत्रमा भद्रगोल हुने तथा अव्यवस्थाका कारण बीमा क्षेत्र ध्वस्त भई सिंगो अर्थतन्त्रमा प्रभावित हुन जाने हुन्छ ।

व्यवसायसँग असम्वन्धित व्यक्ति उक्त पेशाको कार्यकारी प्रमुख हुदाँ जे जस्ता अप्ठयारा परिस्थितिको सामना गर्नुपर्छ त्यो अहिले बीमा कम्पनीहरुले भोग्दैछन् । अहिलेका बीमा समितिका अध्यक्ष प्रशासनिक काममा अनुभवी होलान् तर बीमा व्यवसाय बुझेका मानिस पक्कै होइनन् ।पछिल्लो समय समितिका अध्ययनले गरेका धेरै निर्णयहरुमध्ये केही उपर्युक्त छन् तर अधिकांश निर्णय बीमा व्यवसाय धमिल्याउने खालका छन् । ति निर्णयहरु बेलैमा नसच्याउने हो भने बीमा व्यवसाय पूर्ण रुपमा धरासायी बन्छ । नियामक निकाय बीमा क्षेत्रमा चरम राजनीतिक हस्तक्षेपको चित्र यतिबेलाको बीमा क्षेत्रमा देखिन थालेको छ ।

———————00-00———————–

आश्चर्यजनक कुरा चाही के छ भने पछिल्लो समय बीमा समितिले अभिकर्ता बीमित र बीमक कम्पनीका हकहित विरुद्ध भए–गरेका निर्णयहरुमा समितिमा लामो अनुभव संगालेका निर्देशकहरुले पनि हो मा हो मिलाउनुले उनीहरुको व्यवसायिकता, दक्षता र पेशागत इमान्दारितामाथि प्रश्न चिन्ह उठ्न पुगेको छ ।

———————00-00———————–

आश्चर्यजनक कुरा चाही के छ भने पछिल्लो समय बीमा समितिले अभिकर्ता बीमित र बीमक कम्पनीका हकहित विरुद्ध भए–गरेका निर्णयहरुमा समितिमा लामो अनुभव संगालेका निर्देशकहरुले पनि हो मा हो मिलाउनुले उनीहरुको व्यवसायिकता, दक्षता र पेशागत इमान्दारितामाथि प्रश्न चिन्ह उठ्न पुगेको छ । बीमा समितिमा कार्यरत उच्च अधिकारीहरुले बीमा क्षेत्रको दीगो विकास, संस्थागत सुशासन र कानुन परिपालनाको पक्षमा काम गर्नुको साटो केवल राजनीतिक पृष्ठभूमिबाट आएका अध्यक्षसँग हो मा हो मिलाउनु संयोग मात्र होइन व्यवसायिक नेतृत्व क्षमतामाथिको घातक प्रहार पनि हो ।

इतिहास पल्टाउने हो भने ५० बर्षको बीमाको इतिहासमा लामो अनुभव संगालेका जीवन बीमा कम्पनीका सिईओहरुले एकयबद्धता जनाई बीमा समितिले गरेका निर्णयहरु विरुद्ध उत्रिन नसक्नु तथा पेशा धरासायी बनाउने खालका निर्णयहरु हुदा बीमक संघले एउटा विज्ञप्ती निकाल्न नसक्नु अर्को दुर्भाग्यपूर्ण अवस्था बीमा क्षेत्रले भोगिरहेको छ ।

गैर बीमा क्षेत्रबाट राजनीतिक स्वार्थ पूरा गर्न बीमा समितिमा नियुक्त भएर आएका व्यक्तिकै कारण सिंगो क्षेत्र प्रभावित हुने, रोकिने, स्तब्ध हुने र बीमा क्षेत्रको विकासमा अबरोध पुग्ने अवस्था छ । यस्तो अवस्थामा अब सबैले सामूहिक रुपमा सोच्ने, छलफल गर्ने र विचार विमर्श गर्नु जरुरी हुन आएको छ ।

बाटो बिराएर अगाडी बढेको बीमा समितिलाई उचित सल्लाह, सुझाव दिई सही र प्रगतिशील दिशामा फर्काउन नसक्नु आजको जीवन बीमा ब्यवसायको जटिल समस्या हो । यो समस्याको उचित समाधान खोज्न स्थायी बीमा समितिका रुपमा रहेका निर्देशकहरु तथा नेपाली जीवन बीमाका ब्याकबोन (मेरुदण्ड) का रुपमा रहेका बीमा कम्पनीका सिईओहरुले अब सामूहिक पहल गर्ने बेला भएन र ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*