भोजबाट अर्डर गर्दा आइएमई पेमार्फत भुक्तानी गर्न सकिने

२९ श्रावण २०७८, शुक्रबार १२:२९

काठमाडौं । नेपालको वान स्टप फुड एप भोज र आइएमई ग्रुपद्धारा संचालिच आइएमई डिजिटल सोलुसनद्धारा प्रबद्र्धित ‘आइएमई पे’ बीच डिजिटल भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता भएअुनसार अब भोजबाट खाना अर्डर गर्दा आइएमई पे मार्फत डिजिटल भुक्तानी गर्न सकिने र आइएमई पेमार्फत खरिद गर्दा ५०० रुपैयाँ नबड्ने गरी २०% क्यासब्याक गरे सेवाग्राहीले प्राप्त गर्न सक्नेछन् । उक्त अफर १३ अगस्ट देखि १९ अगस्ट सम्म मात्र लागू हुनेछ ।

भोजका संस्थापक निकेत अग्रवालले भोजदिल्सबाट खरिद गर्दा आइएमई पेमार्फत भुक्तानी गर्न सकिने हुँदा उक्त सेवा लिई क्यास ब्याकको फाइदा पनि लिन सकिने जनाएको छ ।

साथै आइएमई डिजिटल सोलुसनका बजार ब्यवस्थापक आमोद भट्टराइले भोजमा आइएमई पे को भुक्तानी सेवासँगै २० प्रतिशत क्यास ब्याकको योजना पनि सुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीले अधिकतम फाइदा लिन सक्नेमा विश्वस्त रहेको बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*