पछिल्लो २४ घण्टामा २२१२ जना कोरोना संक्रमित थपिए, ३३ जनाको निधन

३१ श्रावण २०७८, आईतवार १७:२९

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २ हजार २१२ जनामा कोरोना सक्रंमण पृष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार १०६ जनामा परीक्षण पिसीआरबाट १ हजार ७९३ र एन्टिेनबाट ४ सय १९ गरि कुल २ हजार २१२ जनामा कोरोना संक्रमण पृष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८६७ जना कोरोनामुक्त भएका छन् भने कोरोनाका कारण ज्यान गुमाउनेको सख्या ३३ रहेको छ । हाल संक्रिय संक्रमितको सख्या ३९ हजार २९८ रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*