अरुण काबेली पावरको संचालकको जिम्मेवारी न्यौपानेलाई
काठमाडौं । अरुण काबेली पावर लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा बहाल संचालक पदमा रमेश प्रसाद न्यौपानेलाई नियुक्त गरेको हो ।
कम्पनीको संचालक समिति सदस्य बच्छराज तातेडले कम्पनीको बहाल संचालक पदमा रही काम गर्न नभ्याउने भई मिति २०७७ चैत २७ गते देखि कम्पनीको संचालक पदबाट राजिनामा दिएकोमा उक्त रिक्त पदमा भदौ १ गते बसेको संचालक समितिको बैठकले बाँकी अवधिका लागि शेयरधनी न्यौपानेलाई नियुक्त गरेको हो ।