अर्थमन्त्रालयका सह–सचिवहरुको सरुवा, आन्तरिक राजश्व विभागका आचार्य मन्त्रालय तानिए

३ भाद्र २०७८, बिहीबार १८:५०

काठमाडौं । अर्थमन्त्रालयका सह–सचिवहरुलाई सरुवा गरिएको छ । केही दिन पहिले गरिएको सरुवा अनुसार आन्तरिक राजस्व विभागको महानिर्देशकमा रहेका झक्कप्रसाद आचार्यलाई मन्त्रालयमा तानिएको छ । उनी बीमा समितिका सञ्चालक समेत हुन् । हिमालयन रि दर्ता गर्दा सेटिङमा नाम जोडिएका आचार्य अब अर्थमन्त्रालयमा जगेडाको रुपमा कार्यरत रहनेछन् ।

अर्थले आन्तरिक राजश्व विभागको महाप्रबन्धकमा शोभाकान्त पौडेल पठाएको छ । पौडेल सञ्चार मन्त्रालयबाट सिधैं आन्तरिक राजश्व विभाग गएका हुन् । त्यस्तै भन्सार विभागमा महानिर्देशकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत नारायण प्रसाद सापकोटालाई नियुक्त गरिएको छ । विभागका महानिर्देशक यमलाल भुसाललाई अर्थमै जगेडामा तोकिएको छ ।

अर्थमन्त्रालयको बजेट शाखामा लगानी बोर्डबाट भुपाल बरालको सरुवा गरिएको छ भने बजेट महाशाखा प्रमुखका रुपमा कार्यरत दाहाललाई आर्थिक नीति महाशाखामा सरुवा गरिएको छ । यस्तै अर्थ मन्त्रालयको प्रशासन प्रमुखको जिम्मेवारीमा केदारनाथ शर्मालाई तोकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*