माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी सरकारमा सहभागी हुने, को को बन्दैछन् मन्त्री ?

१० भाद्र २०७८, बिहीबार १७:३१

काठामाडौं । नेकपा (एकीकृत समाजवादी)ले शेर बहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने घोषणा गरेको छ । नेकपा एकीकृत समाजवादीको रुपमा छुट्टै दलको मान्यता पाएको पार्टीका अध्यक्ष माधव कुमार नेपालले आज पत्रकार सम्मेलन गर्दै देउवा नेतृत्वको सरकारमा सहभागी हुने जनाएको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनको सरकारमा छिट्टै सहभागी हुने बताएका हुन् । माधव नेपाल नेतृत्वको पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री शेर बहादुर देउवाले सरकार पुनगर्ठन नगरी डेढ महिनादेखि पाँच सदस्यीय मन्त्रिपरिषदले देश चलाइरहेको छ ।

नेकपा समाजवादीको तर्फबाट बिरोध खतिवडा, रामकुमारी झाँक्री, मुकुन्द न्यौपानेलगायतका व्यक्तिहरु मन्त्री बन्ने विषयमा छलफल भएको सो पार्टी निकट एक नेताले बीमापोष्टलाई जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*