देशैभरि बाढी पहिरो र बाढी, बीमा कम्पनीहरुमा दावी बढ्दै

११ भाद्र २०७८, शुक्रबार १२:१२

काठमाडौं । अविरल वर्षासँगै देशैभरि बाढी पहिरो तथा डुबान भइरहेको समाचार प्राप्त भइरहेका छन् । दुई दिनदेखि परिरहेको बाढीका कारण मध्य पश्चिम क्षेत्रमा सबैभन्दा बढि क्षति पुगेको छ ।

परासीको देवदहस्थित घोडाहा खोलाले पूर्व पश्चिम राजमार्गमा रहेको पुल समेत बगाएको छ । पुल बगाएपछि पूर्व पश्चिम महेन्द्र राजमार्ग अबरुद्ध हुन पुगेको छ । पहिरोका कारण लुम्बिनी प्रदेशका आठ स्थानमा सडक अबरुद्ध हुन पुगेको छ । पहिरोले रुपन्देही, अर्घाखाँची, पाल्पा, गुल्मी, बर्दियाँ जिल्लाका विभिन्न स्थानमा पहिरो गएका छन् । पहिरोका कारण कैयौं स्थानमा सवारी साधनहरु पुरिने तथा बगाउने क्रम बढेको छ ।

देशैभरि बाढी पहिरो गएसँगै बीमा कम्पनीहरुमा दावी पर्ने क्रम समेत ह्वात्तै बढेको एक बीमा कम्पनीका सिईओले बीमापोष्टलाई बताए । भदौं महिनामा कमै मात्रामा बाढी आउने भएपनि यस वर्ष मनसुन सक्रिय भई पश्चिमबाट छिरेको मनसुनले पूर्वतर्फ असर पुर्याउँदै अघि बढिरहेको छ ।

बाढीका कारण सवारी साधन दुर्घटना तथा पुरिएको, गोदाममा राखिएको मालबस्तुमा क्षति पुगेको, घर तथा भवनमा क्षति पुगेको जस्ता बीमा दावी पर्ने गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*