नेपाल लाइफका अभिकर्ताको आन्दोलनमा घुसपैठ, धर्नामा होहल्ला र हात हालाहाल

१२ भाद्र २०७८, शनिबार ११:२१

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध बीमा अभिकर्ताहरुले जारी राखेको आन्दोलनमा घुसपैठ भएको आन्दोलनरत समुहले जनाएको छ । दोस्रो चरणको आन्दोलनको क्रममा यही भदौं १० गतेदेखि सुरु भएको धर्ना कार्यक्रममा हिजो साँझ केही अभिकर्ता भनिने व्यक्तिहरुले घुसपैठ गरी होहल्ला र कुटपिट गरेको गणेश अधिकारी नेतृत्वको आन्दोलन परिचालन कमिटीका एक जना सदस्यले बीमापोष्टलाई जानकारी दिए ।

हिजो ६५ शाखाका अध्यक्षहरुसँगको वार्ताको क्रममा दुर्भाग्यपूर्ण अवस्था आएको छ आन्दोलनकारी समुहले जनाएको छ । धर्ना र वार्ता भइरहेको बेला बीमा अभिकर्ता भन्दै राई थरका असम्बन्धित पक्ष प्रवेश गरेर घुसपैठ गरेको आन्दोलनकारीहरुले दावी गरेका छन् ।

पछिल्लो समय आन्दोलनकारीहरुले अभिकर्ताका विरुद्धमा गतिविधि गरेको आरोपमा पेशागत बीमक संघ, नेपाल लाइफ बीमक कम्पनीका अध्यक्ष राजेन्द्र अमात्यको राजिनामा माग गरेका छन् । साथै कम्पनीको व्यवस्थापनसँग पनि वार्ता जारी राखेका छन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत साउनमा बीमा समितिले तोकेको १८ प्रतिशतको स्ल्याव कायम गर्न एजेन्सीहरुको स्ल्याव हेरफेर गरेको थियो । कम्पनीले बीमा समितिको नियम अनुसारको नयाँ स्ल्याव बनाएकोले परिवर्तन गर्न नसक्ने जनाउँदै आएको छ भने आन्दोलनकारीहरुले पुरानै स्ल्याव कायम हुनुपर्ने माग राख्दै आएका छन् ।

फाइल तस्विर

One thought on “नेपाल लाइफका अभिकर्ताको आन्दोलनमा घुसपैठ, धर्नामा होहल्ला र हात हालाहाल

  1. दिनेश कुमार श्रेष्ठ says:

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनिमा आबद्द बीमा अभिकर्ताहरूको आन्दोलनको बारेमा केही लेख्न मन लाग्यो कम्पनीले बुझ्नु पर्ने कुरा भनेको अभिकर्ता भनेको कम्पनीको मेरूदण्ड हो मेरूदण्ड नै मजबुत भएन भने के हुन्छ भनेर सम्झाइरहनु आबश्यक नपर्ला जस्तो लाग्छ तर पनि निहित स्वार्थको लागी अभिकर्ताले पाइरहेको सुबिधाबाट पनि बन्चित गरिदैछ अरू बीमा कम्पनीहरूमा अभिकर्ताहरूलाइ धेरै राम्रो सुबिधा छ तर नेपाल लाइफले अरू सुबिधाहरू दिनु पर्नेमा झन गाह्रो बनाएको छ कम्पनीले अभिकर्ताहरूलाइ चिढ्याएर आफ्नो खुट्टामा आफै बन्चरो हान्ने काम गरिरहेको छ कम्पनीको निर्णयको बिरूद्दमा हामी सबै अभिकर्ताहरू एक जुट हुन जरूरीछ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*