अरुण काबेली पावरको संचालकको राजीनामा स्वीकृत

१३ भाद्र २०७८, आईतवार ११:२४

काठमाडौं । अरुण काबेली पावर लिमिटेड कम्पनीका संचालकहरुले राजीनामा दिएका छन् । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संचालकहरु मिलन खड्का र ईन्द्रमणि त्रितालले उक्त पदबाट राजीनामा दिएको जनाएको हो ।

खड्का र त्रितालले उक्त पदबाट राजीनामा दिएकोमा भदौ ११ गते संचालक समितिको ११–९ बैठकबाट उक्त राजीनामा स्वीकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*