हेल्थ एट होमले भित्रायो बैदेशीक लगानी, स्वास्थ्य क्षेत्रलाई डिजिटलाइज गर्दै सबैमा पहु्ँच पुर्याउने

१३ भाद्र २०७८, आईतवार १६:१९

काठमाडौं । घरघरमा पुगेर उपचार सेवा प्रदान गर्दै आएको हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रा.लिले बिजनेस अक्सिजन प्रा.लि.मार्फत बैदेशिक लगानी भित्राउन सफल भएको छ । स्वास्थ्य क्षेत्रलाई थप डिजिटलाइज गर्दै घरघरमा पुगेर उपचार गर्ने कार्यलाई अझ विस्तार गर्ने उदेश्यले हेल्थ एट होमले बैदेशीक लगानी भित्राएको हो । यो लगानी आएसँगै घरघरमा पुगेर सेवा गर्ने कार्य आम मानिसको पहुँचमा पुग्ने विश्वास गरिएको छ । साथै नयाँ लगानीले जनशक्ति विस्तार र रोजगारी सिर्जनामा पनि नयाँ आयाम ल्याउने अपेक्षा गरिएको छ ।

१२ वर्ष अगाडी डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । हाल हेल्थ एट होम मार्फत करिब १० हजार भन्दा बढि घरले स्वास्थ्य सेवा लिइरहेका छन् । हेल्थ एट होममा हाल ४ सय जना भन्दा बढि स्वास्थ्यकर्मी समेत कार्यरत छन् भने हेल्थ एट होमले घरमै पुगेर विरामीको उपचार गर्ने, ल्याव टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको छ ।

हेल्थ होमले कोभिड महामारिका बेलामा समेत विरामीहरूलाई घरघरमै पुगेर उपचार गर्दै आइरहेको छ । देशव्यापी सञ्जाल बनाउने उदेश्य राखेको हेल्थ होमले उपत्यका बाहिर तीनवटा शाखा मार्फत समेत आफ्नो सेवा दिँदै आएको छ । हेल्थ एट होमले विभिन्न किसिमका अन्तराष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल भएको छ । हेल्थ एट होम २०१२ मा सुर्य नेपाल सामाजिक उद्यम पुरस्कार र २०१४ मा अमेरिकी सरकारबाट सामाजिक कार्यक्रम पुरस्कार समेत प्राप्त गर्न सफल संस्था हो ।

बिजनेस अक्सिजन प्रा.लि. नेपालको पहिलो निजि इक्विटी कोष हो । यो अन्तराष्ट्रिय वित्त निगम,डिएफआइडी÷एफसिडिओ÷जलवायु लगानी कोष लगायतको कोषबाट सञ्चालित छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*