पछिल्लो २४ घण्टामा १३८८ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु
१३ भाद्र २०७८, आईतवार १७:३५
काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५९ पीसीआर परीक्षणमा १ हजार २१४ जना र ३ हजार ३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी कुल १ हजार ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २६० जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ ।