नेको इन्स्योरेन्स कम्पनीले निर्जिवन बीमा अभिकर्ता तालिम संचालन गर्दै, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

१६ भाद्र २०७८, बुधबार १२:२६

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले निर्जिवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । हालको यस बिषम परिस्थतीलाई मध्यनजर गर्दै कम्पनीले भ्युचुअल माध्यमबाट कार्यक्रम संचालन गर्न लागेको हो । भदौ २९ गतेदेखि कार्यक्रम संचालन गर्ने भएको छ।

कम्पनीले न्यूनतम एस.एल.सी. वा सो सरह परिक्षा उत्र्तीण गरेका इच्छुक व्यक्ति वा संस्थाका प्रतिनिधिहरुले नागरिकता, शौक्षिक योग्यताको प्रमाणपत्रहरु, स्थायी लेखा नम्बर परिचय पत्र (नोटरी सहित) को प्रतिलिपि, पार्सपोट साईजको फोटो ४ प्रति संस्थाको हकमा सिफारिस पत्र र अनिवार्य रुपमा आफनो मोबाईल नम्बर कार्यालयको आधिकारीक मेलमा पठाउन आग्रह गरेको छ।
कम्पनीले भदौ ५ गतेसम्ममा इच्छुक आवेदकलाई अभिकर्तापत्रका लागि १ हजार रुपैयाँ बुझाउन आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*