अर्थ समितिले कोरोेना बीमाको दावी भुक्तानीको लागि अर्थ मन्त्रालयसँग छलफल गर्ने

१७ भाद्र २०७८, बिहीबार १४:३८

काठमाडौं । कोरोना बीमा मापदण्ड अनुसार सरकारले व्यहोर्नुपर्ने नौ अर्ब रुपैयाँ भन्दा बढि दावी भुक्तानी रोकिएको सम्बन्धमा अर्थ समितिले अर्थमन्त्रालयसँग छलफल गर्ने भएको छ । अर्थमन्त्रालयले कोरोना बीमा दावीमाथि सिर्जना भएको दायित्व दावी भुक्तानी गर्न आनाकानी गरेको नेपाल बीमक संघको गुनासो सुनेपछि अर्थ समितिले अर्थमन्त्रालयसँग छलफल गर्न लागेको हो ।

अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले कोरोना बीमाको दावी भुक्तानीको सम्बन्धमा सिर्जना भएको नौ अर्ब रुपैयाँ भन्दा बढि दायित्वको सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्न लागेको बताए ।

संघका तर्फबाट सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, नेको इनस्योरेन्स कम्पनीका अशोक कुमार खड्का र एनएलजी इनस्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लव पन्तले सभापति दाहालसँग भेटघाट गरेका थिए । कोरोना बीमा मापदण्ड अनुसार साढे तीन अर्ब भन्दा माथिको दाबी भुक्तानी नेपाल सरकारले गर्ने व्यवस्था रहेकोमा सरकारले भागमा परेको नौ अर्ब रुपैयाँभन्दा बढि दावी भुक्तानी रोकिएको भन्दै गुनासो गरेका थिए ।

सभापति दाहालले भने ‘बीमा समितिको निर्देशिका स्वीकृत गर्न अनुमति दिएको देखियो, यसमा के भएको रहेछ छलफल गर्ने तयारी गरेका छौं ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*