दराजले ल्यायो ‘दराज दशैं धमाका’ अफर, सामान खरिदमा विशेष छुटसहित स्कुटर जित्ने मौका

१० आश्विन २०७८, आईतवार १४:४९

काठमाडौं । प्रचलित अनलाइन बजार दराजले ‘दराज दशैं धमाका’ अफर ल्याएको छ । दराजले उत्कृष्ट ब्रान्डहरुमा छुटसहित टीभिएस एनटर्क १२५ जित्ने मौका अफर ल्याएको हो ।

दराजले आफ्नो बार्षिकोत्सव अभियान दराज दशैं धमाका सुरु भएको घोषणा गर्दै विभिन्न ब्राण्डहरुमा विशेष छुट हुने जनाएको छ । यो अभियान असोज १० (सेप्टेम्बर २६) देखि सुरु हुनेछ । कम्पनीका अनुसार यस योजना अर्थात् अफरअन्तर्गत ग्राहकहरुले १० लाख भन्दा बढी उत्पादनहरुमा मज्जाको छुट पाउनेछन् ।

दराजले आजबाट ल्याएको यस योजना अन्तर्गत निःशुल्क शिपिंग, अनलाईन प्री–पेमेन्टमा २० प्रतिशत (अधिकतम २५०० रुपैयाँ) को छुट, ५००० रुपैयाँ सम्मको मेगा भउचर, ५० हजार मूल्यको उतपादन १ रुपैयाँमा जित्ने मौका र बम्पर उपहारको रुपमा टीभिएस एनटर्क १२५ स्कुटर जित्ने मौका रहेको छ ।

साथै दराजको नयाँ लाइभ स्ट्रिमी सुविधाले ग्राहकहरुलाई अभियानको अवधिभर हरेक दिन भउचर जित्ने मौका र रेश आवर, इमेज रिभिउ एण्ड विन, नयाँ प्रयोगकर्ताको लागि भउचर, खेल क्षेत्रहरु, फलो एण्ड विन, विक्रेता भउचर र फटाफट डिल जस्तो अन्य हाइलाइटहरु रहेका छन् ।

उक्त योजनाअन्तर्गत ग्राहकहरुले नबिल, एनआइसी एशिया, सानिमा, ग्लोबल आइएमई, एनएमबि, माछापुच्छ्रे, सिटिजन्स र बैंक अफ काठमाण्डू बैंकहरुको डेबिट कार्डको माध्यमबाट २० प्रतिशत (अधिकतम २ हजार) छुट र क्रेडिट कार्डको माध्यमबाट २० प्रतिशत (अधिकतम २५ सय) छुट पाउनेछन् ।

साथै यसबाहेक एनआइसी एशिया, सिटिजन्स, सनराइज र माछापुच्छ्रे बैंकहरुको क्रेडिट कार्डको माध्यमबाट ०% ब्याजमा सजिलो मासिक किस्ता योजनाको मजा समेत लिन सक्नेछन् । त्यस्तै, विद्युतीय भुक्तानी प्रणाली ई–सेवा, आइएमई पेमार्फत भुक्तानी गर्ने ग्राहकहरुले १० प्रतिशत (अधिकतम १ हजार) सम्मको छुट पाउन सक्नेछन् ।

त्यस्तै, दराजले दशैं धमाका योजना अन्तर्गत लोकप्रिय खेल १ रुपैयाँमा नयाँ अफर पनि ल्याएको छ । सो अफरअन्तर्गत ग्राहकहरुले १ रुपैयाँमा खेलमा सहभागी भई विभिन्न पुरस्कार जित्न सक्नेछन् । दराजले २ रात ३ दिन पोखराको राउन्ड ट्रिप, रियलमी सी २१ वाई, मन्त्र मुक्ति अकु्स्टि गितार, यसुदा अल्काइन वाटर पिउरीफायर र श्री बालाजी हिराको झुम्का जस्ता पुरस्कारहरु राखेको छ । ग्राहकले एउटा पुरस्कारको लागि मात्र खेलमा सहभागी जनाउन पाउनेछन् ।

खेलमा भाग लिनका लागि ग्राहकहरुले अनलाईन प्रीपेमेन्टको माध्यमबाट १ रुपैयाँ प्रीपे गर्नुपर्नेछ । यसैगरी दशैं धमाकामा सामसँगदेखि एप्पल फोनहरुमा विशेष छुटहरु रहेको छ भने रियलमी सी २१ वाईको विशेष छुट हुने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*