हुलास फिनसर्भको पहिलो सीईओमा समीर ठाकुर नियुक्त

८ मंसिर २०८३, मंगलवार १७:३९

काठमाडौँ ।  हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले समीर ठाकुरलाई कम्पनीको पहिलो प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। नेपालको हायर पर्चेज वित्तीय बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै विभिन्न उत्पादन तथा सेवामार्फत वित्तीय सुविधा उपलब्ध गराउँदै आएको कम्पनीले संस्थागत नेतृत्वलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित ठाकुरलाई सीईओ नियुक्त गरेको हो।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त हुलास फिनसर्भले दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनका साथै ल्यापटप, मोबाइल फोनलगायत उपभोक्ता विद्युतीय उपकरण खरिदका लागि वित्तीय सुविधा उपलब्ध गराउँदै आएको छ। कम्पनीले नवीन वित्तीय समाधान तथा रणनीतिक साझेदारीमार्फत ग्राहकलाई सहज र पहुँचयोग्य सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

कम्पनीका अनुसार पहिलो प्रमुख कार्यकारी अधिकृतको नियुक्तिले संस्थागत नेतृत्व, कार्यसञ्चालन क्षमता तथा रणनीतिक व्यवस्थापनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। ठाकुरको नेतृत्वमा नयाँ व्यावसायिक अवसर पहिचान गर्दै सेवा विस्तार र दिगो व्यावसायिक वृद्धि हासिल गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*