चाडपर्वलाई लक्षित गर्दै सिटी सेन्टरले ल्यायो ‘चाडपर्व योजना’

१९ आश्विन २०७८, मंगलवार १३:२९

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरले नेपालीहरुको महाव पर्व दशैं, तिहार र छठपर्वको अवसरमा विभिन्न योजनाहरु ल्याएको छ । सिटी सेन्टरले शपिङ्ग मलमा आउने ग्राहकहरुलाई सुविधा प्रदान गर्ने उद्देश्यले चाडपर्व योजना ल्याएको हो ।

सिटी सेन्टरले यसपालीको चाडपर्वको योजनामा दायरा फराकिलो पारेको छ । यसअघिका वर्षहरुमा सेन्टरले किनमेल गर्ने ग्राहकरुलाई मात्र योजनामा सामेल गर्ने गर्दथ्यो । असोज १६ गते देखि सुरु भएको यस योजनाबाट सिटी सेन्टरमा भिजिट गर्ने जो–कसैले यो योजनामा सामाले हुन पाउने सिटी सेन्टर व्यवस्थापनले जनाएको छ ।

साथै शपिङ्ग मलमा आउने ग्राहकलाई डेल्ली लक्की ड्र, शपिङ्ग भौचरका साथै विक्ली लक्की ड्र तथा ग्राण्ड लक्की ड्रमा समावेश गराइने छ । लक्की ड्रको कुपन मार्फत विजेताका लागि चितवन, पोखरा लगायतका ठाउँमा रहेको होटलमा खाने बस्ने व्यवस्था प्रदान गरिने छ ।
यस बाहेक सिटी सेन्टरमा रहेका व्यवसायीहरुले यस पावन अवसरमा ५० प्रतिशतसम्मको छुट, बाइ वान गेट वान फ्रि लगायतका अन्य आकर्षक छुट तथा योजनाहरु समेत प्रदान गर्नेछन् ।

विश्वभरी फैलिएको महामारीलाई मध्यनजर गर्दै जनस्वास्थ्य मापदण्डलाई पूर्ण पालनामा जोड दिएर, सरकारी निर्देशन अनुसार सिटी सेन्टर पुनः सञ्चालनमा ल्याएको हो । यसै अवसरमा नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा सिटी सेन्टरमा स्वदेशी उत्पादनको मेला समेत सुरु भएको छ ।

असोज २१ गतेबाट सिटी सेन्टरमा रहेका ३ वटै फिल्महल पुनः संचालनमा आउने सिटी सेन्टरले जनाएको छ । चाडपर्व लक्षित मलको योजना एवं फिल्म हल संचालनमा आएपछि ग्राहकको आकर्षण बढ्नेमा सिटी सेन्टर व्यवस्थापन विश्वस्त रहेको छ । यो योजना २४ कार्तिक २०७८ (छठ पर्व) सम्म चल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*