तीन वटा ब्रोकर कम्पनीलाई कारवाही गर्दै नेप्से, सोधियो ७ दिने स्पष्टिकरण
२५ आश्विन २०७८, सोमबार १५:५२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लि (नेप्से) ले तीन वटा ब्रोकर कम्पनीलाई कारवाही गर्ने उद्देश्यले स्पष्टिकरण सोधेको छ । यसअघि सोधेका नासा सेक्युरिटिज, सुमेरु सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिजलाई स्पष्टिकरण चित्त बुझ्दो नभएपछि कारवाही गर्ने उद्देश्य सहित दोस्रो पटक स्पष्टिकरण सोधेको हो ।
नेप्सेले तीन वटै कम्पनीले टिएमएस प्रयोगकर्ताको व्यक्तिगत विवरण गलत तरिकाले भरेको भन्दै कारवाही गर्न ७ दिने स्पष्टिकरण सोधेको हो । यसअघि सोधेको स्पष्टिकरणमा कम्पनीहरुले मानवीय त्रुटी तथा भुलबस गलत भएको पत्र बुझाएको देखिएको छ ।
ब्रोकर कम्पनीहरुले टिएमएस आईडी वितरण गर्दा भर्नुपर्ने केवाईसी तथा तीन पुस्ते विवरण नै गलत तरिकाले भराएको फेला पारेपछि कारवाही गर्न लागेको हो ।