पाइपलाईनमा हाईड्रोपावरको चाङ, यी हुन् दशैपछि आइपीओ खुल्ने कम्पनी

२७ आश्विन २०७८, बुधबार ११:५३

काठमाडौं । दशै पछाडि विभिन्न क्षेत्रसँग सम्वन्धित् कम्पनीहरूले आईपीओको प्रक्रिया बढाएसँगै शेयर बजारको आकार अझै बढ्ने संकेत देखिएको छ ।सर्वसाधारणका लागि शेयर निष्कासन गरी दोस्रो बजारमा सूचीकृत हुने तयारीमा रहेका कम्पनीको अहिलेको अवस्था हेर्दा शेयर बजारको आकार बढ्ने देखिएको हो ।

हालसम्म २१ कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासनको तयारी गर्दै बोर्डमा आवेदनदिएका छन् । जसमध्ये सबैभन्दा बढी जलविद्युत् कम्पनीहरु रहेका छन् ।आईपीओ निष्कासनको तयारीमा रहेका २२ ओटा कम्पनीमध्ये १३ ओटा जलविद्युत् कम्पनी रहेका छन् । धेरैजसो जलविद्युत् कम्पनीले पहिलो चरणमा स्थानीयका लागि शेयर जारी गर्ने तयारी गरेका हुन् ।

पछिल्लो समय न्यादी हाइड्रो पावर र बुद्धभुमि हाइड्रोपावरले आईपीओ निष्कासन गरेका छन् । बोर्डको वेबसाइटलाई आधार मान्दा आईपीओ निष्कासनको तयारीमा रहेका सवैभन्दा बढि जलविद्युत् कम्पनीहरू रहेका छन्। यसपछि जीवन बीमा कम्पनी, लघुवित्तलगायतका कम्पनीहरु रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*