बीमामा रम्दै, प्राध्यापन र समाजसेवामा समर्पित शोभाखर अधिकारी

रिना खत्री
२८ आश्विन २०७८, बिहीबार १८:४३

प्राध्यापक पेशासँगै बीमा क्षेत्रमा आवद्ध शोभाखर अधिकारी एलआईसी नेपालका एजेन्सी म्यानेनजर हुन् । चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पसमा सहायक प्राध्यापकको रुपमा कार्यरत अधिकारी देशकै उत्कृष्ट बीमा व्यवसायी मध्येभित्र पर्दछन् । माडी जेसिसमा समेत आबद्ध अधिकारी जिल्लाभित्रका समाजसेवी तथा सफल व्यवसायीको समेत परिचय बनाउन सफल भइसकेका छन् । बीमा क्षेत्रकै सर्वोत्कृष्ट बीमा सम्राट, एमडिआरटी, बीमा रत्न लगायतका पुरस्कारबाट विभुषित भइसकेका अधिकारी आफ्नो जीवनमा बीमा क्षेत्रमा योगदान गरेरै छोड्ने दृढताका साथ अघि बढिरहेका छन् ।

प्राध्यापन र बीमा व्यवसाय पेशा एकै साथ अंगाल्दै आएका अधिकारी कलेजमा विद्यार्थीहरुलाई प्राध्यापन गरेर बाँकी रहेको समय बीमा व्यवसायमा समय खर्चेर अतिरिक्त आम्दानी मात्रै नभएर जीवन बीमामार्फत समाजको सेवामा समेत जुटेका छन् । अध्यापनमा अब्बल अधिकारी बीमा व्यवसायमा पनि चितवनलाई आधार क्षेत्र बनाएर जम्दै, बढ्दै र हुर्कदै अघि बढिरहेका छन् ।

शैक्षिक पेशा जस्तै सामाजिक रुपमा ज्ञान आदन प्रदान गर्ने पेशा भएको कारण बीमा क्षेत्रमा प्रवेश गरेको उनी बताउँछन् । कलेजमा व्यवस्थापन प्राध्यापन गर्ने अधिकारी बीमा व्यवसायको सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यासमा ठूलो भिन्नता रहेको अनुभव सुनाउँछन् । “व्यवस्थापनको विद्यार्थीको भएको नाताले म आफै स्वंयले बीमा अध्ययन गर्नुपर्दथ्यो । अध्ययनको विषयवस्तु एउटा रहेछ भने बुझाइको विषय वस्तु अर्को रहेछ ।

बीमा सम्बन्धी विस्तृृत ज्ञान नभएको कारण अभिकर्ताले बीमाको प्रस्ताव गर्न आँउदा यस बिषयमा जानकार नभएर म आफै सिधै अस्वीकार गर्थे ।

‘मलाई बीमा क्षेत्रमा सबैभन्दा पहिला बीमा क्षेत्रमा प्रवेशको लागि अभिकर्ताले नै प्ररित गरेको थियो । भावी जोखिमको सुरक्षण गर्नको लागि बीमा गराउने क्रमममा यसबाट पाउने विभिन्न सुविधालाई लिएर म बीमा प्रति प्रभावित भएको थिए । मानव जीवनमा भोलि के हुन्छ कसैले देखेको हुँदैन ।’ अधिकारी जीवन बीमाको महत्व दर्शाउँदै भन्छन् ।

मानव जीवनमा जे पनि हुनसक्छ । ‘भोलि कसले देखेको छ र ? समय गुज्रिदै जाँदा हामी दुर्घटना अर्थात विभिन्न घटनाक्रमबाट अछुतो रह्न सक्दैन । जब त्यस्ता दुर्घटनाहरु हाम्रो जिवनमा हुन्छ, तब हामीलाई पछुतो हुन्छ भनेर मैले आफैले एउटा अभिकर्ता खोजेर बीमा गरे ।’ बीमा क्षेत्रमा प्रवेश गर्नुपूर्वको अवस्थाबारे सम्झदा यसरी सम्झन्छन् अधिकारी ।

बीमा गरेसँगै प्रत्येक बर्ष किस्ता तिर्दै जाँदा यता सरल ब्याजरमा ऋण निकाल्न पनि पाईने, भावी सुरक्षा र बचत पनि हुने भएको कारण यसतर्फ आकर्षित भएको थिए । त्यसपश्चात् बीमा गर्ने क्रमममा उक्त कम्पनीका चिफ म्यानेजरले मलाई प्राध्यापक पेशासँगै अभिकर्ता पेशालाई पनि अँगाल्न सक्ने बारेमा मलाई जानकारी गराउँदै प्रशिक्षण दिए । त्यसपछि म जीवन बीमा अभिकर्ता पेशामा आबद्ध हुने निधो गरे, अधिकारी विगतका दिन सम्झदै भन्छन् ।

सम्भवत् जुनसुकै काम पनि सजिलोबाट ग्राह्रोतर्फ अघि बढिन्छ नि ? त्यसैले मेले सबैभन्दा पहिला आफनो दाईको, ससुरा बुबाको र मेरो छोरीको बीमा पोलिसी काटेर बीमा व्यवसायको सुरुवात गरी बीमा अभिकर्ताको रुपमा काम सुरु गरेको थिए । मलाई अझै स्मरण छ, मैले उक्त बर्ष आफनौ परिवारबाट चारवटा बीमा पोलिसी बिक्रि गरेको थिए । यसले मलाई हौसला बढायो अनि आत्मविश्वासका साथ थप अघि बढ्न दृढ बनायो ।

अर्को बर्ष बीमा कसरी गराउने भन्ने बिषयमा मैले सोच्न थाले बीमा पोलिसी बिक्रि गर्नु भनेको विश्वास हो भन्ने बुझिसकेको थिए ।
‘अभिकर्ता पेशा आर्थिक रुपमा सबल हुने र सामाजिक पेशा हो । बीमा अभिकर्ता बीमा कम्पनी र बीमितहरुको बीचमा पुलको रुपमा रहेर काम गर्ने सम्मानित पेशा हो ।’ अधिकारी भन्छन् ।

बीमा अभिकर्तामा केही गुणहरु नभई नहुने उनी बताँउछन् । समय अनुसार चल्न सक्नु, ग्राहकको इच्छालाई मध्यनजर गर्नु, सत्य बोल्नु, सम्मानपूर्वक जवाफ दिनु अभिकर्तामा हुनुपर्ने गुण हो । हरेक अभिकर्ताले बीमितको बीमा अवधिभर साथ दिनुपर्छ । प्रिमियम तिर्ने अवधि लगायतका कुराहरुमा बीमितलाई सजग गराउनु जुनसुकै अभिकर्ताको जिम्मेवार हुने अधिकारीको धारणा छ ।

उनी भन्छन्, ‘बीमितको बीमा पोलिसि अवधिभरि सेवा दिनु अभिकर्ताको कर्तव्य हो ।’ बीमा जोखिम बहन गर्ने एक महत्वपूर्ण पाटो हो । बीमा बचत र लगानी दुवै हो । म शैक्षिक क्षेत्रबाट आएको हुँदा यस पेशालाई सामाजिक शिक्षाको प्रभाव गर्ने रुपमा लिएको छु । जसरी मैले अध्यापन क्षेत्रमा शिक्षाको माध्यमबाट परिर्वतन गरेको छु, त्यसरी नै बीमा क्षेत्रलाई बीमा चेतनाले भरिपूर्ण बनाई लाग्ने मेरो एजेण्डा हुनेछ ।
बीमितिहरुको बीमा गराईसकेपछिको एक दुईवटा केशको स्मरण गर्दा बीमाले गर्दा परिवार जोगाईदिएको छ । म स्मरण गर्न चाहान्छु । केहि बर्ष पहिलो मैले इन्डियन लाउरेकोे १० लाख रुपैयाँ बराबरको बीमा गराएका थिए । बीमा गराए पश्चात् दुई किस्तावापत मृतक लाहुरेको मृत्यु भयो । दुई बर्षमा किस्ता वापत कम्पनीलाई एक लाख ५० हजार रुपैयाँ बुझाएका थिए । उनले १० लाख रुपैयाँ बराबरको बीमा वापत मृतक लाहुरेको परिवारले २१ लाख ५० हजार रुपैयाँ पैसा पाउन सफल भए । त्यो रकमले उनको आश्रित परिवारले नयाँ व्यवसाय सुरु गरेर आजसम्म उनीहरु निर्धक्क छन् ।

श्रीमान्को मृत्यु पश्चात् बीमा वापत पाएको दाबी भुक्तानी उनको श्रीमतीको लागि हौसला बन्न पुग्यो । उक्त उनले पैसाले जग्गा किनेर छुटै व्यवसाय सुचारु समेत गरिन् । बीमाबाट आएको पैसाले कसरी छुटै किसिमको आट दिँदो रैछ भन्ने कुरा मैले व्यवहारिक रुपमा अनुभव गर्न पाएँ, उनले भने ।

तर तपाईले बीमा गनुभएको छ भने तपाईले तिर्नु भएको पैसा भएपनि पुरस्कार आए जस्तो हुन्छ । मलाई दुःखमा साथ दिने बिषयवस्तु आए जस्तो हुन्छ । यसबाट ठूलो राहत हुन्छ । जीवनले त्यस्तो परिवारलाई बचाएको छ । यस्ता थुप्रै उदारणहरु मैले यस दौडानमा देखेको छु । जस्को प्रत्यक्षदर्शी भएर अगाडि बढ्न पाँउदा आफनो पेशाप्रति आत्मसन्तृष्टि मिलेको महसुस हुन्छ ।

बीमा समितिको गतिविधिलाई नियाल्दा, नियमक निकाय हो, कडा हुनैपर्छ तर एकैचोटी कडा भएको हो कि भन्ने पनि देखिन्छ ।
बीमा एउटा फोर्सफुल विजनेस हो । बीमा गराउने अभिकर्ताले बीमितलाई तपाईलाई भावी आउनसक्ने जोखिम र बचत दुवैलाई सम्झाएर बीमा गराउनुपर्ने हुन्छ ।

बीमा मात्रै गराएर ल्याप्समा जाने अवस्था छ । त्यसलाई न्यूनिकरण गर्न बीमा समितिको ध्यान जानु जरुरी रहेको छ । बीमा कम्पनीसँग मिलेर बीमा समितिले सहज खालको पोलिसीहरुको निति अघि बढाउनुपर्छ भन्ने अधिकारीको धारणा छ ।

आज संसारमा सकारात्मक तथा नकारात्मक घटनाहरु जहाँ कहि पाउछौ । सकारात्मक विषयबस्तु, घटना सवैको लागि प्रिय हुन्छ । तर नकारात्मक विषयवस्तुघटना जो कसैको लागि अप्रिय लाग्दछ । नकारात्मक कुराहरुमाथि मानिसको नियन्त्रण कम हुन्छ । नकारात्मक हुने सम्भावनाले जोखिमको जन्म गराउँदछ । आपत विपतहरु विभिन्न घटनाहरुबाट आउने हुँदा त्यो जोखिमहरुबाट सुरक्षा प्राप्त गर्नको लागि गरिने क्षतिपूर्तिको ग्यारेन्टी नै बीमा हो, एजेन्सी म्यानेजर अधिकारी बताउँछन् ।

हाल जीवन बीमा विशेषत जोखिमको हस्तान्तरण, वचत तथा लगानीको लागि महत्वपूर्ण छ । जीवनमा हुन सक्ने विरामी, दुर्घटना, आयुको कारण मानिसको मृत्युको सम्भावनाका कारण क्षति हुने कुरालाई जीवन बीमाले कुनै ब्यक्तिको जोखिम हस्तान्तरण बीमा कम्पनीमा गरी कुनै वखत मानवीय क्षति हुँदा भरणपोषण आश्रित परिवारलाई गर्ने व्यवस्था गरिएको हुन्छ । त्यस्तै यदि जीवन बीमामा लगानी गरिएको रकम सम्भावित क्षति नभए पनि अन्त्यमा लगानी गरिएको रकम खेर जाँदैन र वचतको रुपमा जम्मा रहन्छ । पछि वोनस सहित बीमितलाई हस्तान्तरण गरी लगानीको रुपमा पनि जीवन बीमा महत्वपूर्ण छ । त्यस्तै कुनै अवधिभित्र जीवन बीमाबाट कर सहुलियत लिन सक्ने व्यवस्थासहित आयकर ऐनमा भएको व्यवस्थाले गर्दा आजकल आम जनमानसमा जीवन बीमाको महत्व वढेको छ ।

नव आगन्तुक बीमा अभिकर्ताहरुलाई बीमाको दीगो विकासमा ध्यान दिन आग्रह गर्दै अधिकारी भन्छन्, ‘नयाँ बीमा अभिकर्तालाई जीवनमा तरकीपूर्ण काम निष्ठापूर्वक गर्न मन छ भने जीवन बीमा अभिकर्ता पेशामा आउन आग्रह गर्दछु ।’

‘दुई चार महिना गर्ने ग्राहो छ भने अस्थायी पेशाको रुपमा लिनुहुन्छ भने यो पेशामा नआउनुहोस्, मेरो सुझाव छ । हरेक क्षेत्र आफनौ किसिमको अठ्याराहरु रहेको हुन्छ । एउटा कुरा के भन्न चाहान्छु भने मन र वचन कर्म गरिन्छ भने पाँच, ६ बर्ष दुख गरेर हेर्नु भयो भने यो पेशामा रमाईलो नै रमाईलो देख्न सकिन्छ,’ अधिकारीले नयाँ प्रवेश गर्न चाहनेहरुलाई दृढ हुन आत्मविश्वास थप गर्दै भन्छन्, ‘त्यस्सैले म भन्न चाहान्छु, यो पेशामा सबैलाई स्वागत छ, आउनुस् मिलेर काम गरौ । देशको समृद्धि भने सबै क्षेत्रहरुले राम्रो उपल्ब्धि हासिल गर्नु नै हो ।’

समूह र टिमलाई छनोट गर्ने तपाईको जिम्मेवारी हो । बीमितलाई पनि म के भन्न चाहान्छु भने कुन कम्पनी,कुन एजेण्ट छनौट गर्न जान्नुपर्छ । दक्ष अभिकर्तालाई छनोट गरेर बीमा गराँउन बीमितहरुलाई समेत आग्रह गर्दछु ।

बीमा गराउनु भन्दा अगाडि बुझ्नु जरुरी छ उस्को ब्यवहार कस्तो छ । कतिको सहयोगि छन,समाजले कति पताएको मानिस हो । आर्थिक मामला भएको हुनाले विषम परिस्थतिमा फाइदा उठाउने खालको ब्यक्तिसँग बीमा गराउन हुदैन । त्यसता ब्यक्तिसंग बीमा गराउन भन्दा नगराउन उत्तम हुन्छ किनकी त्यी अभिकर्ताले समग्र बीमा बजारलाइ धमिल बनाएका छन । तपाइ जिवन विमा गर्नुस धनि बन्नुहुनेछ भन्ने अभिकर्ता अल्पज्ञानी हुन । बचत,सुरक्षा र लगानीको लागि जिवन बमिा सर्बोत्तम वित्तिय योजना हो ।

यस क्षेत्रमा म मनबाट भन्दा पनि दिलबाट क्रियाशिल छु किनकी जब मान्छे कुनै दुर्घटनाको डिलबाट आफ्नै मृत्यु आफै देख्दछ त्यसपछि मान्छे दिमाग भन्दा पनि दिल अथवा हृदयबाट निर्देशित हुन पुग्दछ ।

अहिले म यो क्षेत्रमा लागेर भ्रमपूर्वक जीवन विताइरहेका लगाएतका जीवन बीमा सेवाबाट बाहिर रहेका जो आफ्नो मृत्यु पछि पनि मानव सभ्यता कायम रहोस् । अथवा सहजतापूर्वक आफ्ना आफन्तहरु जीवन विताउन भनेर आफू वितेपनि नवितेपनि आफ्ना आफन्तको सुन्दरतम् संसार चाहनेहरुलाई सेवा दिनु मेरो रोजाइको कारण यो क्षेत्रमा निरन्तर सफलता प्राप्त गरेको छु ।

सबै पेशा महत्वपूर्ण हुन्छ चाहे डाक्टर, इन्जिनियर, वकिल, शिक्षकहरुले सेवा अनुसार पुरस्कार, सम्मान, तक्मा पाउने गर्दछन् । अधिकारीले पनि बीमा क्षेत्रमा योगदान पुर्याए बापत स्वर्णपदक, बीमा रत्न, बीमा श्री, विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा सहभोगिता जनाउँदै आएका छन् । ‘दुःखमा परेको परिवारलाई आँसु पुछ्न प्रेरणामय उपलब्धीहरु छन् जुन देशभरिका मेरा बीमितहरुको आशीवार्द, पीडितका अनुहारमा राहत पाउँदा देखिएको चमक नै मेरो उपलब्धीको सर्वाेच्च शिखर हुन्,’ सम्मान सम्झँदै अधिकारी सुनाउँछन् ।

यसर्थ, जनमानसमा हाम्रो आग्रह यो हो कि जीवनमा हुनसक्ने अनि दुःखदायी क्षण मृत्युलाई पनि जीवन बीमाको माध्यमबाट योजनामा समेट्नुस्, यदि तपाइले सबैभन्दा दुःखदायी घट्ना घट्दाको लागि आफ्नो सुरक्षा गर्नुभएको छ भने सुखमा तपाइँको सोच नै तपाइँको सन्तुष्टीको मुस्कानको मुहान हुनसक्छ । आफू रहे या नरहे पनि आफ्नो परिवारको समृद्धिका लागि जीवन बीमा एक सुरक्षा कवच हुन्छ । यसतर्र्फ आग्रह गर्दै बचत, लगानी र सूरक्षाको लागि एक मात्र विकल्प रहित योजना नै जीवन बीमा हो ।

जीवन बीमालाई आम जनचेतनाको रुपमा बीमा शिक्षा दिनु पर्दछ । जीवन बीमाका फाइदाहरु घरघरमा पु–याउनु एक उपाय हो भने एक दक्ष अभिकर्ताको समग्र ब्यवहार नै समाधानकर्ता, सहजकर्ता, समाजसेवीको रुपमा गर्दै हामी जस्तै ब्यवसायिक अभिकर्ताहरु मार्फत जीवन बीमाको सेवा लिनको लागि आग्रह गर्दछौ ।

अन्त्यमा, जीवन बीमाको लागि बीमितलाई एलआईसी नै किन रोज्नु भन्छु भने यो एउटा नितान्त बीमाको एजेण्डा बोकेर अघि बढेको कम्पनी हो । अन्तराष्ट्रिय रुपमा परिचित कम्पनी समेत भएको कारण यस कम्पनीमा तपाईले कम प्रिमियम दरमा पोलिसी खरिद गर्न पाउनुहुन्छ, बीमा श्रीबाट सम्मानित अधिकारी भन्छन् ।

हाम्रो संस्थाले नयाँ जीवन बीमा गराउन योग्य नागरिकहरुलाई जीवन बीमा योजनाहरुको बिक्री वितरण अकालमा भएका मृत्युहरुको मृत्यु दावी भुक्तानी, असक्त भक्ताको वितरण विमितलाई ऋण सुविधा प्रदान, जीवन बीमा शिक्षा तथा जनचेतना प्रदान गर्ने र परिवार तथा समाजको लागि जीवन बीमा किन फाइदाजनक छ त्यसको प्रकाश पार्ने, अधिकतम जनस्तरमा जीवन बीमाको सेवा विस्तार गर्ने काम गरिरहेका छौ । जीवन बीमा सम्बन्धी सूचना, जानकारीहरु जनमानसमा दिँदै सचेतना फैलाउने र समाहित गर्दै अगाडि बढ्ने ब्यवसायिक बाटो र पेशागत धर्म निर्वाह गर्दै अघि बढिरहेका छौं ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*