नेप्सेमा सूचीकृत १८ लघुवित्तको लाभांश घोषणा, तपाईले लगानी गरेको कम्पनीले कति दिँदैछ ?

३० आश्विन २०७८, शनिबार २३:२१

काठमाडौं । नेप्सेमा सूचीकृत १८ लघुवित्त कम्पनीहरुले गत आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । सूचीकृत ५६ ओटा लघुवित्त कम्पनीमध्ये हालसम्ममा १८ ओटा कम्पनीले गत आव मुनाफाबाट लाभांश प्रस्ताव गरिसकेका छन् ।

सूचीकृत १८ ओटा कम्पनीमध्ये सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छ । कम्पनीको संचालक समितिको बैठकले ४५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरि ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव राखेको छ। दोस्रोमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाले ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ३२ दशमलव ३ प्रतिशत बोनस शेयर र १ दशमलव ७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यसैगरी, दोस्रोमा सबैको लघुवित्त वित्तीय संस्थाले ३१ दशमलव शून्य ५ प्रतिशत बोनस शेयर र १ दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
यी १८ ओटा कम्पनीमध्ये सबैभन्दा कम एनआईसी एशिया लघुवित्तले भने नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ५ दशमलव ४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यसैगरी, लाभांश प्रस्ताव गरेका १८ ओटा कम्पनीमध्ये डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले साधारण सभासमेत आह्वान गरेको छ । सभा प्रयोजनको लागि कम्पनीले असोज १२ गतेदेखि २३ गतेसम्म बुक क्लोजको मिति घोषणा गरिसकेका छन् । सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

लाभांश प्रस्ताव गरेका १८ ओटा कम्पनीहरुले अघिल्लो वर्षको लाभांशभन्दा यसवर्ष लाभांश बढी दिएका छन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*