भोलिबाट शेयर कारोबार खुल्दै, लगानीकर्ताहरु दशैं मनाउनै व्यस्त

३० आश्विन २०७८, शनिबार १६:४३

काठमाडौं । दशैं नसकिए पनि सरकारी क्यालेण्डर अनुसार दशैंको विदा आजबाट सकिदैछ । भोलि आइतबारदेखि सबै सरकारी निकाय खुल्ला हुनेछ । सोही आधारमा शेयर कारोबार समेत खुल्नेछ ।

पाँच दिन बन्द भएपछि शेयर कारोबार भोलिबाट खुल्न लागेको हो । नेपालको राष्ट्रिय पर्व दशैं विदामा सबैभन्दा धेरै ५ दिन शेयर कारबार बन्द भएर भोलिबाट खुल्दैछ । भोलि आइतबारबाट शेयर बजारमा नियमित कारोबार हुनेछ । यद्यपि दशैं भने आगामी कार्तिक ३ गतेसम्म जारी रहने तथा टाढा टाढा पुगेका, घर गएका लगानीकर्ताहरु तत्कालै शेयर कारोबार गर्ने अवस्थामा नरहेकोले उत्साहप्रद कारोबार नहुने अनुमान छ ।

लगानीकर्ताहरु थोरै भएको बेला शेयर बजारका माफियाहरुले शेयर बजार आफ्नो हातमा लिएर नियोजित रुपमा मूल्य घटाउने वा बढाउने घटना हुनसक्ने भएकोले सुक्ष्म निगरानी गरिने नेपाल धितोपत्र बोर्डले जनाएको छ । अझ यतिबेला नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेप्सेमा जिम्मेवार व्यक्ति नभएको मौका छोपेर माफियाहरुले ठूलै चलखेल गर्न सक्नेतर्फ सचेत हुनुपर्ने देखिएको छ ।

गत साता जम्मा दुई दिन मात्रै कारोबार भएपछि दशैं विदाकोको कारण शेयर कारोबार हुन सकेको थिएन । पछिल्लो केही देखि लगातार घटिरहेको शेयर बजारमा गत सोमबार अन्तिम कारोबार दिनमा पनि २३ अंकले घटेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*