भारतसँग हार्यो नेपाल, साफ च्याम्पियनशिपमा दोस्रोमा चित्त बुझाएर फर्कदै

३० आश्विन २०७८, शनिबार २२:४८

काठमाडौं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गतको आजको खेलमा नेपालले भारतसँग पराजय व्यहोरेको छ । माल्दिभ्सको राजधानी मालेस्थित नेशनल स्टेडिएयमा शनिबार भएको खेलमा भारतसँग नेपाल ३–० गोल अन्तर पराजित हुँदै दोस्रोमा चित्त बुझाउन बाध्य भएको हो ।

आजको खेलमा पहिलो हाफमा खासै जम्न नसके पनि कुनै गोल हुन सकेको थिएन । दोस्रो हाफको सुरुवातमै लगातार दुई गोल खाएपछि दवावमा रहेको नेपालले निकै राम्रो खेल प्रदर्शन गरेपनि गोल गर्न भने चुकेको थियो ।

इन्जुरी समयमा थप एक गोल खाएपछि नेपालको हार निश्चित भएको थियो । अब नेपाल साफ च्याम्पियनशिपबाट दोस्रो बनेर फर्कने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*